Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

Reporter २६ बैशाख २०७९, सोमबार २०:१८ मा प्रकाशित

श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले राजीनामा दिएका छन् । आर्थिक संकट गहिरिएर देशव्यापी प्रदर्शन पछि उनले राजीनामा दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले ७६ वर्षीय राजापाक्षेले राष्ट्रपति समेत रहेका आफ्ना भाई गोटावाया राजापाक्षेसमक्ष राजीनामा बुझाएका छन् । उनले आफ्नो राजीनामाले आर्थिक संकट समाधान हुने आशा समेत व्यक्त गरेका छन् । यसलाई सरकारविरोधीको चित्त बुझाउनका लागि चालिएको कदमका रुपमा हेरिएको छ ।

श्रीलंका यतिबेला इतिहासकै चरम आर्थिक संकटमा छन् । वैदेशिक मुद्रा सचिती निकै कम छ । इन्धनको संकट चुलिएको छ । खाद्य संकटले श्रीलंका समस्यामा परेको छ ।

पूर्वाधार विकासका लागि चीनसँग उसले अरबौं डलरको ऋण लिएको थियो । यसले पनि उसलाई संकटमा धकेल्यो । श्रीलंकाले भारतसँग अरबौं डलर सहयोग लिइसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको