Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

स्वर्ण विजेता सञ्जु चौधरी मृत फेला

Reporter २७ बैशाख २०७९, मंगलवार १०:२७ मा प्रकाशित

एसियाली खेलकुदको तयारीमा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेला परेकी छन् ।

केही दिन यतादेखि प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी चौधरी मंगलबार बिहान मृत फेला परेकी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सञ्जु सुतेको ढोकामा भित्रबाट चुकुल लगाइएको थियो भने झ्यालमा ग्रिल लगाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राप्ती सोनारी गाँउपालिका स्थायी घर भएकी २३ वर्षिया सञ्जुले काठमाडौंमा भएको १३ औं सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।

केही दिनअघि भएको एसियाली छनोटमा भाग लिन उनी काठमाडौं आएकी थिइन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको