Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

कुमार न्यौपाने तथा पवित्रा स्वरबद्ध “सलाम भान्जी सलाम” बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक

admin

लोकप्रिय गायक कुमार न्यौपाने र गायिका पवित्रा गुरुङको आवाज रहेको लोकपप गीत “सलाम भान्जी सलाम”युट्युब मार्फत सार्वजनिक भएको छ ।

गीतकार रामप्रसाद न्यौपानेको लय तथा शब्द रहेको गीतको भिडियोमा गायक कुमार न्यौपाने, मोडल बबिना पौडेल र डान्स ग्रुप बिशाल एण्ड ग्रुपको अभिनय रहेको छ । विकास श्रेष्ठले निर्देशन गरेको म्यूजिक भिडियोको छायांकन प्रदिप गुरुङले गरेका छन् । भिडियोलाई साईराम पिक्चर्सले निर्माण गरको छ ।


“ढाका टोपी मैलो धुने बैनी घर गई ” , “उनलाई मैले पाउनै पर्छ ” जस्ता जुलुश लगायत चर्चित गीतहरु गाएर लोकप्रिय बनेका न्यौपाने समसामयिक विषयका विकृति, विसंगति विरुद्ध व्यग्ंयात्मक रुपमा गीतहरु श्रृजना गरि गायनका माध्यमबाट जनचेतना फैलाउदै आएका छन् । ठेट नेपाली भाषामा भिन्न शैलीका गीतहरु श्रृजना गरि मनोरन्जनात्मक ढंगबाट गीत गाएर उनले फरक पहिचान बनाएका छन ।
गायक एवं संचारकर्मी न्यौपाने गीतका अलावा उनले निर्माण गरेका सयौ विज्ञापन, डकुमेन्ट्री तथा हजारौ रेडियो जिङ्गल समेत चर्चित रहेका छन ।

सार्वजनिक  भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको