Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

वामदेव गौतमले भोट नहाल्ने

Reporter २९ बैशाख २०७९, बिहीबार १३:२६ मा प्रकाशित

नेता वामदेव गौतमले भोलि (शुक्रबार) को स्थानीय तह निर्वाचनमा मतदान नगर्ने भएका छन् । नेकपा एमाले छाडेर पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका गौतम एमाले विभाजन भएसँगै राजनीतिमा केहि निस्क्रिय बनेका छन् । उनले आफू ‘न्युट्रल’ बसेकाले यो पटक मतदान पनि नगर्ने बताएका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका-१ को मतदाता रहेका गौतमले भने, ‘म केही समयदेखि राजनीतिमा न्युट्रल बस्दै आएको छु, अहिले पनि त्यसै गर्छु, त्यसैले यो पटक मतदान गर्दिनँ ।’ गौतम राष्ट्रिय सभा सदस्य समेत हुन् ।

गौतमले नेकपा एमालेबाट विभाजित बनि बनेको माधवकुमार नेतृत्वको नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका थिए । नेकपा एकीकृत समाजवादीका लागि चुनावी गीत लेखेका गौतम सोही पार्टी नजिक रहेको अनुमान चलिरहेका बेला गौतमले भने यसपल्टको स्थानीय चुनावमा भोट नहाल्ने निष्कर्षमा पुगेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको