Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

उत्तर कोरियामा कोरोना संक्रमित भेटिएपछि लकडाउन

Reporter २९ बैशाख २०७९, बिहीबार १५:१० मा प्रकाशित

उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको हो।उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको संक्रमण पुष्टि भएको स्वीकारेका हुन्।

पहिलो पटक कोरोना संक्रमित भेटिएपछि अहिले उत्तर कोरियामा देशभरि लकडाउन घोषणा गरिएको छ।

उत्तर कोरियाली शासक किम जोङ उनले वर्कर्स पार्टीको बैठकमा देशभरि लकडाउन गर्न निर्देशन दिएका हुन्।

कोरोनाका एक जना पनि संक्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन पनि लगाएको छैन।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको