Logo
13 Dec 2024    २८ मंसिर २०८१, शुक्रबार

ताजा खबर

नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का प्रधानमन्त्री ओलीविरुद्धको कसुरमा धरौटीमा छाड्न आदेश, अर्को मुद्दामा हिरासतमा बस्नेछन् दुर्गा प्रसाई रविलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति कमलादीमा भासिएको सडक आजदेखि प्रयोगमा

शक्तिशाली बन्दै प्रधानमन्त्री कार्यालय

admin

समृद्धिका योजना द्रुतगतिमा कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीको रुचिमा बलियो प्रशासनिक संरचना बनाउने तयारी अघि बढेको छ । जस अनुसार सरकारले प्रधानमन्त्री कार्यालय पुनर्संरचना गरी ५ सचिवको मातहतमा ११ वटा महाशाखा बनाएको छ ।

सामाजिक विकास तथा रूपान्तरण महाशाखा, प्रादेशिक समन्वय तथा योजना महाशाखा, राष्ट्रिय सुरक्षा तथा कूटनीति समन्वय महाशाखा, नतिजा व्यवस्थापन महाशाखा, लगानी उत्पादन तथा रोजगार प्रवद्र्धन महाशाखा, पूर्वाधार विकास महाशाखा थपिएका छन् ।

राजस्व अनुसन्धान, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धीकरण विभाग, राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउने प्रक्रिया अघि बढेको छ । यी सबै विभागले प्रधानमन्त्री कार्यालयलाई रिर्पोट बुझाइसके पनि कानुनी प्रक्रिया पूरा गरेर मातहत ल्याउने काम भने बाँकी नै छ ।

त्यस्तै, प्रधानमन्त्रीलाई नीतिगत सुझाब दिने अध्ययन–अनुसन्धान समूह (थिङ्क ट्याङ्क०) गठन गर्ने गृहकार्य पनि अघि बढिरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको