Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

प्रचण्डविरुद्ध उजुरी दर्ता

Reporter २९ बैशाख २०७९, बिहीबार १८:३८ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बहालवाला तीन मन्त्रीविरुद्ध निर्वाचन आचार संहिता–०७८ उल्लंघन गरेको उजुरी दर्ता भएको छ । उनीहरूविरुद्ध भरतपुर महानगरपालिका–१२ का अश्विन घिमिरेले आज मुख्यनिर्वाचन अधिकृतकको कार्यालय भरतपुरमा लिखितउजुरी दिएका हुन् ।

महिला तथा बालबालिका मन्त्री उमा रेग्मी, श्रम तथा रोजागर मन्त्री कृष्णकुमार श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठविरुद्ध पनि उजुरी परेको छ । मौन अवधिमा निर्वाचन आचारसंहिताको उल्लघंन गर्दै प्रचण्ड मतदाता प्रभावित गर्न सक्रिय बनेका छन् ।

बुधबार स्थलमार्ग हुँदै भरतपुर आइपुगेका प्रचण्ड आफ्नो छोरी रेणु दाहालको निवासमा राति अबेरसम्म बसेर नेताकार्यकर्ताहरूलाई भेटेका थिए । आज विहीबार अध्यक्ष प्रचण्ड मतदाता प्रभावित चितवनको माडी पुगेका छन् । माडीमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता श्रषिराम काफ्लेले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

भोलि हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलका शीर्ष नेताहरु गृह जिल्ला चितवन आइसकेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र रामबहादुर थापा गृह जिल्ला चितवन आएका छन् ।

प्रचण्ड बुधबार चितवन आएका हुन् । उनी गृह जिल्ला चितवन मतदानका दिनसम्म बस्ने कार्यक्रम रहेको छ । उनको मतदान स्थल भरतपुर महानगरपालिका–१४ मा रहेको नेपाल प्रहरी स्कुल शान्तिपुर रहेको छ । सो मतदान स्थल उनीलगायत एक हजार ६७८ जना मतदाता छन् । यस्तै एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले राप्ती नगरपालिका–५ स्थित भण्डाराबाट मतदान गर्दै छन् ।

उनले भण्डारा अस्पताल मतदान स्थलबाट मतदान गर्दै छन् । सो मतदान स्थलमा तीन हजार ६५ मतदाता छन् । यस्तै एमालेका अर्का उपाध्यक्ष रामबहादुर थापाले भरतपुर महानगरपालिका–१० बाट मतदान गर्दै छन् । उनले स्थानीय नारायणी नमूना माध्यमिक विद्यालयबाट मतदान गर्नेछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको