Logo
25 May 2022    ११ जेष्ठ २०७९, बुधबार

ताजा खबर

सरिला,सुशान्त,ईछिङ्ना र जस्मिन यो वर्षको ‘नेपाल चिल्ड्रेन आईकन’ घोषित २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध काठमाडौं महानगरको मेयरमा बालेनको जित सुनिश्चित राष्ट्रिय टिमको कप्तानमा नवयुग श्रेष्ठ नियुक्त थप तीन देशमा मङ्कीपक्स भाइरस अमेरिकाको एक विद्यालयमा गोली चल्दा १८ जनाको मृत्यु

मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी

Reporter ३० बैशाख २०७९, शुक्रबार ०६:४४ मा प्रकाशित

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका छन् ।

फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सूची अनुसार मेस्सी सर्वाधिक आम्दानी गर्ने खेलाडी बनेका हुन् ।मेस्सीले बास्केटबलका जेम्स लेब्रोनलाई पछि पार्दै सर्वाधिक कमाउने खेलाडी बनेका हुन् ।

फोर्ब्सको सूची अनुसार मेस्सीको आम्दानी १ सय ३० मिलियन अमेरिकी डलर रहेको छ । अमेरिकी बास्केटबल स्टार जेम्सको आम्दानी १ सय २१.२ मिलियन अमेरिकी डलर रहेको छ ।

म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । रोनाल्डोको आम्दानी १ सय १५ मिलियन अमेरिकी डलर रहेको छ ।

चौंथो स्थान पीएसजीका फरवार्ड नेयमार रहेका छन् । ब्राजिलियन फरवार्ड नेयमारको आम्दानी ९५ मिलियन अमेरिकी डलर रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको