Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

बालिका बलात्कार गरी हत्या गर्ने युवकलाई ५२ वर्ष जेल

admin

बलात्कार गरी बालिकाको हत्या गर्ने एक युवकलाई रौतहट जिल्ला अदालतले ५२ वर्ष जेल सजाय सुनाएको छ । न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले रौतहटको कटहरिया नगरपालिका–१, हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसियाविरुद्ध ५२ वर्ष कैद सजायको फैसला गरेको हो । रौतहट जिल्ला अदालतले सबैभन्दा बढी लामो समयको कैद फैसला गरेको यो सम्भवतः पहिलो घटना भएको बताइन्छ।

बालिका अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी चौरसियालाई ५२ वर्ष जेल सजाय सुनाइएको जिल्ला अदालत रौतहटले जनाएको छ।

बालिका अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुद्दामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी चौरसियालाई ५२ वर्ष जेल सजाय सुनाइएको जिल्ला अदालत रौतहटले जनाएको छ।
चौरसियाले गत २०७३ भदौ १० गते राति मौलापुर नगरपालिकाको मर्यादपुरस्थित आफ्नै घरमा सुतिरहेकी ६ वर्षीया बालिकालाई अपहरण गरी लालबकैया नदी किनारमा लगेर बलात्कारपछि हत्या गरेका थिए । उनले हातखुट्टा भाँची बालिकालाई नदीमा फालेका थिए।

चौरसिया पेशेवर बलात्कारी र हत्यारा भएको पुष्टि भएको अदालतले जनाएको छ । चौरसियाविरुद्ध अपहरण, बलात्कार र हत्याका अन्य मुद्दा पनि अदालतमा विचराधीन रहेको अदालत स्रोतले जानकारी दिएको छ । २०७३ असार २७ गते पनि मर्यादपुर गाविस–१, लालबकैया नदी किनारमा ७ वर्षीया एक बालिकाको शव फेला परेको थियो । ती बालिकालाई पनि चौरसियाले नै बलात्कारपछि हत्या गरेको मुद्दा परेको छ।

२०७१ पुस २३ गते १७ वटा चोरीका साइकलसहित पक्राउ परेका चौरसियालाई जिल्ला अदालत रौतहटले डेढ वर्ष कैद सजाय गरेको थियो । गौर कारागारमा डेढ वर्ष सजाय भुक्तान गरी २०७३ जेठमा रिहा भएका चौरसिया रिहा भएलगत्तै बालिका अपहरण, शरीर बन्धक, बलात्कार र हत्याजस्ता गम्भीर प्रकृतिका अपराधमा संलग्न भएका थिए ।
श्रोत : नागरिकन्यूज


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको