Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

विश्वासको मत लिन नसकेपछि कर्नाटकका मुख्यमन्त्री यदियुरप्पाद्वारा राजीनामा

admin

भारतको कर्नाटक प्रदेशका मुख्यमन्त्रीमा बीएस यदियुरप्पाले शनिबार राजीनामा दिएका छन् । उनले गत बिहीबार मुख्यमन्त्रीमा पदको शपथ लिएका यदियुरप्पाले संसदमा विश्वासको मत लिनु केही मिनेटअघि राजीनामा दिएका हुन् ।
भारतीय जनता पार्टी (भाजपा) नेता यदियुरप्पाले ‘सरकार गठनका लागि आवश्यक संख्या पुर्‍याउन नसकेकाले मार्गप्रशस्त गर्न राजीनामा दिएको’ बताए ।

५५ घण्टाका लागि मुख्यमन्त्री बनेका यदियुरप्पालाई कंग्रेस र जनता दलको गठबन्धनले विस्थापित गर्नेछ ।

कर्नाटकमा गतसाता भएको निर्वाचनमा भाजपाले १ सय ४ सीट जितेको थियो । उक्त संख्या सरकार गठनका लागि आवश्यक भन्दा ८ सीटले कम हो । निर्वाचनमा कंग्रेसले ७८ र जनता दलले ३८ स्थान जितेका थिए ।

गर्भनर बजुभाई वालाले ठूलो दलको हैसियतमा भाजपा नेता यदियुरप्पालाई मुख्यमन्त्रीमा नियुक्त गर्दै विश्वासको मतका लागि १५ दिनको समय दिएका थिए । तर विपक्षी गठबन्धले मुद्दा दायर गरेपछि सर्वोच्च अदालतले शनिबार ४ बजेसम्म समय दिएपनि उनी आवश्यक संख्या पुर्‍याउन असफल भए ।

भाजपाले यदियुरप्पाले लोकतन्त्रको सम्मान गर्दै राजीनामा दिएको बताए । कंग्रेस अध्यक्ष राहुल गान्धीले भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा अध्यक्ष अमित शाहले उनीहरु भन्दा संस्थाहरु ठूलो भएको देखेको प्रतिक्रिया दिए ।

यसअघि विपक्षी दल कंग्रेसले ‘यदियुरप्पा एक दिनको मुख्यमन्त्री’ भएको दाबी गर्दै भाजपालाई बहुमत पुर्‍याउन चुनौति दिएको थियो । कंग्रेसले गर्भनरले ‘संविधानको बलात्कार गरेको’ आरोप लगाएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको