Logo
11 Feb 2026    २९ माघ २०८२, बुधबार

ताजा खबर

यस वर्ष रासायनिक मल कम आयात हुने राष्ट्रियसभा बैठक: चलचित्र विधेयक पारित अख्तियार प्रमुखलाई धम्की दिने प्रकाशलाई फिलिपिन्सबाट पक्राउ गरेर ल्याइयो ग्यास अभाव हटाउन टेकुबाट तीन कम्पनीको सिलिण्डर बिक्री सुरु राष्ट्रिय मुक्ति पार्टीका उपाध्यक्ष राजीव झा रास्वपा प्रवेश काठमाडौंमा वायु प्रदूषण उच्च, अधिकांश स्थानमा एक्यूआई अस्वस्थ स्तरमा

धितोपत्र बजारमा गत साता १ अर्ब ८ करोड बढीको कारोबार

admin

धितोपत्र बजारमा गत साता १ अर्ब ८ करोड १९ लाख ४१ हजार बराबरको शेयर कारोबार भएको छ।

नेपाल स्टक एक्चेञ्जकाअनुसार यस साता २३ लाख २९ हजार ४४० कित्ता शेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ४५ दशमलव ९६ प्रतिशत कम हो। गत साता १८१ कम्पनीको २ अर्ब १९ लाख ९९ हजार बराबरका ४८ लाख १२ हजार ७७० कित्ता शेयर खरिद बिक्री भएका थिए।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ४८ अंकले बढेर अन्तिम दिन १३३९ दशमलव ६५ अंकमा पुगेको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव १२ अंकले बढेर २८२ दशमलव ३० अंकमा आइपुगेको छ।

यस साता कारोबार रकमका आधारमा सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा रहेको छ। सो बैंकको ७ करोड १ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ।

यस्तै कारोबार भएको शेयर संख्याका आधारमा पनि सिद्धार्थ बैंक लिमिटेड अग्रस्थानमा छ। सो बैंकको २ लाख ११ हजार कित्ता शेयर कारोबार भएको थियो। यस साता नेपाल स्टक एक्सचेञ्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो। यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन।

यस साता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको ९ लाख ६९ हजार ७९३ बोनस शेयर, प्रभु बैंक लिमिटेको २ करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको २ लाख ३ हजार ५६० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ।

यस्तै साइन रेसुङ डेभलपमेन्ट बैंकको २७ लाख ५१ हजार २३१ कित्ता बोनस, सिर्जना फाइनान्स लिमिटेडको ९ लाख ८२ हजार ८०० कित्ता बोनस, समता माइक्रोफाइनान्सको ६३ हजार ३०० कित्ता बोनस, पोखरा फाइनान्स कम्पनीको ९ लाख ८३ हजार ६८२ कित्ता हकप्रद, मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ६९ कित्ता बोनस र प्रिमियर इन्स्योरेन्स कम्पनीको ६ लाख ९५ हजार ३९७ कित्ता बोनस शेयरसमेत स्टकमा सूचीकृत भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको