Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’ हुँदै १४ सय घरभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालकाे हत्या प्रतिनिधिसभा बैठक बस्दै रवि लामिछाने ५४ लाख धरौटीमा रिहा

शुक्रबारसम्म सगरमाथा चुचुरोमा पुग्नेहरूको संख्या २ सय २४

admin

सर्वोच्च शिखर सगरमाथामा शुक्रबार ६५ आरोही पुगेका छन् । आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए अनुसार यसमा ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेका छन् । आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरूको संख्या २ सय २४ पुगेको छ
बिहीबार ९ नेपाली र ९ विदेशीसहित १८ जना आरोही चुचुरोमा पुगेका थिए । गत आइतबार यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानअन्तर्गत आठ जना नेपाली ९शेर्पा० को समूह बाटो बनाउँदै सबैभन्दा पहिले चुचुरोमा पुगेपछि धमाधम आरोहण सुरु भएको थियो । यस वर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ४३ मुलुकका ३ सय ४६ आरोही सगरमाथा पुगेका छन् । तिनमा ६० महिला र २ सय ८६ पुरुष आरोही छन् । आरोहीका साथसाथै करिब ४ सय हाराहारी हाइ अल्टिच्युट शेर्पा गाइड पनि छन् । पर्यटन विभागका अनुसार यसपटक सबैभन्दा धेरै अमेरिकी ६४, भारतीय ५९, चिनियाँ ५४ र बेलायती २४ छन् । यसपटक ५ महिलासहित २० जना नेपाली छन् ।

यो सिजनमा सगरमाथासहित २९ वटा हिमाल आरोहणका लागि विभागबाट अनुमति जारी भएको छ । जसमा १ सय ५ आरोहण दल सम्मिलित छन् भने ८ सय ३९ सदस्य छन् । विभागले आरोहण अनुमतिबाट ४१ करोड २८ लाख संकलन गरेको छ । यसमध्ये सबैभन्दा धेरै ३५ करोड ३५ लाख सगरमाथाबाटै संकलन भएको छ ।

आरोहणका लागि भृकुटीमण्डपमा रहेको पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागलाई दस्तुर बुझाउनुपर्छ । यसलाई सलामी भनिन्छ । सलामी तिरेपछि मात्रै हिमाल आरोहणको अनुमति पाइन्छ । सगरमाथा आरोहण गर्न चाहने विदेशीले ११ हजार डलर ९११,९१,३०० रुपैयाँ० तिर्नुपर्छ । यो वसन्तकालीन यामको सलामी दस्तुर हो । जाडो र बर्खामा २७५० डलरमात्रै लाग्छ । नेपालीलाई भने ७५ हजार रुपैयाँ दस्तुर लाग्छ भने बर्खा र हिउँदयाममा १८ हजार २ सय ५० रुपैयाँ सलामी दस्तुर तिर्नुपर्छ ।

६ हजार ५ सय मिटरभन्दा साना हिमालमा सबैभन्दा कम दस्तुर विदेशीका लागि ७ हजार र नेपालीका लागि १ हजार लाग्छ । अहिले मध्य र सुदूरपश्चिमका हिमाल आरोहणका लागि भने दस्तुर तिर्नु पर्दैन ।

सरकारले ५ हजारभन्दा अग्ला ८ हजार ८ सय ४८ मिटरसम्मका १३ सय १० वटा हिम चुचुरा पहिचान गरेको छ । यीमध्ये ४ सय १४ वटा हिमाल आरोहणका लागि खुला गरेको छ । पर्यटन विभागका अनुसार सरकारले वर्षमा चारपटक (वषन्त, बर्खा, शरद र हिउँद याम) हिमाल आरोहणका लागि खोल्ने गरेको छ । यी चार सिजनमध्ये वसन्तकालीन याममा सबैभन्दा धेरै आरोहणका लागि हिमालका आधार शिविरमा पुग्ने गर्दछन् ।
श्रोतः कान्तिपुर


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको