Logo
25 May 2025    १२ जेष्ठ २०८२, आईतवार

ताजा खबर

‘सेलिब्रेटीसँग बालबालिका’ का लागि नायक श्रीदेब भट्टराई आफ्नै जन्मथलो ईलाममा संसदको शिक्षा समितिको बैठक आज, शिक्षा विधेयकमाथी छलफल हुने यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङसहित वर्षा तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु कानून विपरीत वैदेशिक रोजगारीमा पठाउनेलाई कारबाही गर्ने चेतावनी रास्वपाद्वारा गृहमन्त्री लेखकको राजीनामा माग

कुकुरको छाउराको फोटो, मान्छेको लिंगजस्तै देखिएको भन्दै फेसबुकमा तस्बिर माथी प्रतिबन्ध

admin

कुकुरको छाउराको फोटो मान्छेको लिंगजस्तै देखिएको भन्दै फेसबुकले हटाइदिएको छ ।  अनौठो लाग्ने यो घटना फिलिपिन्समा घटेको हो ।

एकजना फेसबुक प्रयोगकर्ताले फेसबुक पेजमा राखेको कुकुरको छाउराको तस्वीर पुरुष यौनांगकै आकारको देखिएको र यसले फेसबुकको सामाजिक मर्यादा नीतिको मापदण्ड विपरित देखिएको भन्दै फेसबुकले उक्त तस्वीरमाथि प्रतिबन्ध लगाएको हो ।
फिलिपिन्सको दाभाओ सहरमा बस्ने १६ वर्षका डोमिनिक इबाओसले आफ्नो घरमा पालेको मेक्सिकन प्रजातिको छाउरोको तस्वीर फेसबुकमा राखेका थिए । दिमित्री नामक मेक्सिकन प्रजातिको उक्त कुकुरको छिउमा कत्तिपनि रौँ छैनन् ।

डोमिनिकको हत्केलामा निदाएको अवस्थामा मुडुलो जिउ तथा चाउरिएको टाउको सहितको छाउरो ठ्याक्कै मानिसको लिंग आकारको देखिएको छ ।

उक्त तस्वीरले मापदण्ड उल्लंघन गरेकाले फेसबुक पेजबाट तस्वीरलाई हटाइदिएको भन्दै फेसबुकले तत्कालै डोमिनिकलाई सूचित गरेको थियो ।

तर उक्त पप्पी लिंगजस्तो आकारको भयो भन्ने कुराले आफूलाई अचम्मित पारेको डोमिनिक बताउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको