Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

जेष्ठ १२ गतेबाट “मिस गुरुङ्ग इन्टरनेशनल “दोश्रो सिजनको अडिसन शुरु, प्रतियोगिता अन्तरराष्ट्रिय स्तरको हुने

admin

आउदो जेष्ठ १२ गतेबाट “मिस गुरुङ इन्टरनेसनल सिजन टु” को अडिसन सुरु हुने भएको छ । गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन नवलपरासीको कावासोतीबाट सुरु हुन् लागेको हो । गुरुङ समुदायको कला संस्कृती, भाषा र ब्यक्तित्व बिकास गर्ने उदेश्यले आयोजना हुन् लागेको यो प्रतियोगिताको जेष्ठ १३ गते बुटवलमा, १४ गते चितवन, १६ गते पोखरा र १७ गते लमजुङमा अडिसन हुदैछ । त्यस्तै, १९ गते इटहरी र २६ गते काठमाडौमा हुनेछ ।

“हन्ट फर दि आइकन अफ गुरुङ सिभिलाइजेसन” मुख्य थिम बोकेको यस प्रतियोगिताबाट  संकलित रकम गरिब, असाहय तथा पिछडिएका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने आयोजक डिजाइनर तृष्णा गुरुङले बताइन् । पहिले देखि नै सामाजिक कार्यलाई पहिलो प्राथमिकतामा राखेर फेशन डिजाइनिङलाई निरन्तरता दिदै आएकी गुरुङले यस पटक पनि च्यारेटी बेसमा यस प्रतियोगिताको आयोजना गर्न लागेकी जानकारी दिइन् ।

अडिसनबाट छानिएका प्रतियोगीलाई पुर्व मिस नेपाल सुगारिका केसी तथा चर्चित कोरियोग्राफरहरुले एक महिने  विशेष प्रशिक्षण दिनेछन् । प्रतियोगीहरुलाई मिडिया पसर्नालिटी एण्ड विजनेस करियर डेभ्लोमेन्ट, सेल्फ मेकअप एण्ड ग्रुमिङ सेसन, पब्लिक स्पिकिङ, मोटिभेसनल क्लास तथा सेल्फ कन्फिडेन्ट पावरको बारेमा प्रशिक्षण दिनेछ । त्यसका अलावा स्टुडियो तथा आउटडोर फोटोसुट, पोर्टफोलियो फोटोसुट, ब्राण्ड टिसर्ट, आकर्षक गाउन उपलब्ध गराई नेपालका महत्वपूर्ण स्थलहरुको भ्रमण, सामाजिक कार्यमा समेत सहभागी गराईनेछ । उक्त प्रतियोगिताको बिजेता तथा उपाधी बिजेताहरुले स्कुटर, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

दुवई, भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव २० वटा भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल डिजाईनर तृष्णा गुरुङ्गले आयोजना गरेकी मिस गुरुङ्ग ईन्टरनेशनलको पहिलो सिजनको सफलताबाट उत्साहित हुनुका साथै यस समुदायका युवतीलाई अन्तराष्ट्रिय रुपमा आफ्ना क्षमता प्रदर्शन गराउन र पहिचान दिलाउन यस प्रतियोगीतालाई निरन्तरता दिएको जानकारी दिईन ।

स्टायल एडि इन्टरटेमेन्टले इभेन्ट म्यानेजमेन्टको जिम्मा पाएको मिस गुरुङ इन्टरनेसनलको सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
ईच्छुक गुरुङ्ग समुदायका युवतीहरुले उल्लेखित सम्पर्क नम्बरहरुमा फोन गरि जानकारी लिन सक्नेछन ।
मिस गुरुङ इन्टरनेसनलको अडिसन हुने जिल्ला र सम्पर्क नम्बर
१, जेष्ठ १२ कावासोती — सुरज गुरुङ/ गोबिन्द क्षत्री ९८५१०३६१२३, ९८५७०२७७७९
२, जेष्ठ १३ बुटवल — आदर्श गुरुङ ९८५७०२३५५६
३, जेष्ठ १४ चितवन — रोशन गुरुङ/ किरन गुरुङ/ श्रीजन गुरुङ/ संकर गुरुङ ९८१३१९७१५३, ९८५५०९१४००,९८१२२४४७८१, ९८६०९३६१३२
४, जेष्ठ १६ पोखरा — सुरज गुरुङ/ आशिक गुरुङ ९८५१०३६१२३, ९८५६०७७७७९
५, जेष्ठ १७ लमजुङ — कृष्ण गुरुङ/ आतित लामा ९८५६०४५६४३, ९८६५१२२१३४
६, जेष्ठ १९ इटहरी — दिपु खड्का/ अनिता राई/ साङ्गी गुरुङ्ग ९८०७०१४९१७, ९८६०८०६५२४, ९८१५३७१४०४
७, जेष्ठ २६ काठमाडौ — तृष्णा गुरुङ/अतित लामा/ दिपु खड्का/ लेक्स गुरुङ ९८४१९११८७७,९८६५१२२१३४, ९८६०५३५२९०,९८६०८०६५२९०


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको