Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

मिस्टर एण्ड मिस नेपाल एसइइ आइकनको ग्राण्ड फिनाले जेष्ठ २१ मा

admin

काठमाडौँ । एसईई परिक्षा दिएर परिणामको प्रतीक्षा रहेका विद्यार्थीबिच एएनपी मिडिया हाउस, ललितपुरले आगामी जेठ २१ गते राजधानीमा मिस्टर एण्ड मिस नेपाल्स एसइइ आइकन २०१८ आयोजना गर्ने भएको छ।

एसइइ दिएर बसेका छात्रछात्राको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तथा उनीहरुको समयलाई खेर नफाली बिदाको समयलाई सही सदुपयोग गराउने उद्देश्यले यो प्रतिभामूलक प्रतियोगिता आयोजना गर्न लागिएको एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए। उनका अनुसार प्रतियोगितामा सामेल सम्पूर्ण प्रतियोगिलाई राजधानीका विभिन्न कलेजमा पूर्ण छात्रबृत्ती दिईनेछ।

उनका अनुसार सहभागी सम्पूर्ण प्रतियोगीलाई हिमालयन हृवाइट हाउस कलेज, गोल्डेन गेट इन्टरनेशनल कलेज, आइडल मोडल हायर सेकेण्डरी स्कुल, पेन्टागन इन्टरनेशनल कलेज, मोलिस कलेज, ओमेगा हायर सेकेण्डरी स्कुल÷कलेज, इड–मार्क एकेडेमी, जुबुलेन्ट कलेज, एभरेष्ट कलेज, ब्लु बर्ड कलेज, क्यसपियन भ्यालि कलेज, क्यारिबियन कलेज, इन्टेन्सीभ इन्टरनेशनल कलेज, रिड मोडल कलेज, पूर्णचण्डी प्लस टु कलेज, टाइमलाईन कलेजलगायतमा विज्ञान, व्यवस्थापन तथा मानविकी संकायमा छात्रवृत्ति प्रदान गरिनेछ।

शम्भुप्रसाद रेग्मीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा कार्यक्रम संचालनमा हुने प्रतियोगितामा प्रतिभा र व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस व्यवस्थापन र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति र मोडलिङ्गको ज्ञान प्रदान गरिनेछ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुने तेस्रो संस्करणको प्रतियोगितामा नबल शाह, उज्वलबिक्रम शाही, प्रजोल खतिवडा, दिपेस खना, अनिल योङ्गहाङ्ग लिम्बु, शयांक कंसाकार, अनुकुल सुबेदी, सुलभ स्थापीत, अनिस खड्की, शिक्षान्त गोले, एडन तुलाधर शाही, राम श्रेष्ठ, र्कितन कोइराला, उत्सव प्रजापती, सुशान्त श्रेष्ठ स्पर्धामा छन्।

त्यसै गरी छात्रातर्पm बिनिता खत्री, मनिषा बस्नेत, आयुष्का लगे, बिनिता कार्की, सुनिधि घर्ती क्षेत्री, शिला कार्की, सोनिया लामा, निबा श्रेष्ठ, निलिशा श्रेष्ठ, इलिसा लामा, टिसा पकवान, रेजीना महर्जन, सन्ध्या व्यन्जु, जमुना सिलवाल, श्रद्धा ढकाल, प्रियंका भण्डारी, नुपुर सरकार, गायत्री बस्नेत, नीता राई, सुचिता लामा, नुमा लिम्बु, समिक्षा थापा, प्रज्ञाा खतिवडा, दिक्षा केसी, कामना काफ्ले ठकुरी, विनिशा कटुवाल, जस्मीन नयाभा, बिबीना श्रेष्ठ, अश्मिता केसी, सोनिया तामाङ्ग, मोनिका पुडासैनी, सुश्मा तामाङ्ग, अनिशा भुजेल प्रतिस्पर्धामा छन्। प्रतियोगिताको काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको