Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड ‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो)

‘वल्र्ड हाइएस्ट क्लाइमेट समिट’को टोली सगरमाथा आधार शिबिरतर्फ

Reporter

विश्व कीर्तिमानी समाजको आयोजनामा सर्बोच्च शिखर सगरमाथा आधार सिबिरमा हुन लागेको ‘वल्र्ड हाइएस्ट क्लाइमेट समिट’ को लागि अमेरिकी बैज्ञानिक सहितको टोली आधार सिबिरतर्फ जाने भएको छ । जलवायु परिवर्तनको असरले पारेको असर र न्यूनीकरण सम्बन्धि बैज्ञानिक तथ्यहरूलाई विश्व समुदाय पुर्‍याउने उद्देश्यले यो कार्यक्रम आयोजना हुन लागेको हो । त्रिभूवन विश्वविद्यालय र अमेरिका कोलोराडो स्थित कोलोराडो विश्वविद्यालयको वरिष्ठ वातावरण बैज्ञानिकहरूको सहभागितामा कार्यक्रम सम्पन्न हुन लागेको हो ।

मंगलबार काठमाडौं आइपुगेका दुई जना वातावरण बैज्ञानिक र त्रिभुवन विश्वविद्यालयका बैज्ञानिक टोलीसहित आधार शिबिर जाने टोलिलाई उपराष्ट्रपति नन्दबहादुर पुनले बिहीवार उपराष्ट्रपति कार्यलयमा झण्डा हस्तान्तरण गर्नु भएको थियो । विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्चबहादुर राईलाई पुनले झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको सफलताको शुभकामना दिनुभएको थियो ।

झण्डा हस्तान्तरण गर्दै यो अत्यान्तै सह्रानिय कार्य भएको बताउदै राज्यले गर्नुपर्ने कार्य यसरी अन्य संघ संस्थाले गर्दा आफू अत्यान्तै खुशी भएको उपराष्ट्रपति पुनले बताउनुभयो । यो कार्यक्रमले विश्व समुदायलाई राम्रो प्रभावकारी रुपमा सन्देश दिने उहाँले जनाउनुभयो । यदी हामीले जलवायु सम्बन्धि सचेत नहुने हो भने अबको केही पुस्ता बाहेक जिवित नरहने उहाँले बताउनुभयो । ठूलो र शक्तिशाली देशहरूले कार्वन उत्सर्जन गरेको कारण समस्या आएको बताउदै उपराष्ट्रपति पुनले अलि बढी शक्ति राष्ट्रहरू नै जिम्मेवार रहनुपर्ने भन्दै अमेरिकि बैज्ञानिकहरूलाई आफ्नो विश्व विद्यालयले यस सम्बन्धि पहल गर्न आग्रहसमेत गर्नुभयो।

शुक्रवार सामाजका अध्यक्षको नेतृत्वमा बैज्ञानिक सहितको टिम लुक्ला हुँदै सगरमाथा आधार शिबिरसम्म पैदल यात्रा गरेर जाने छ । टोलीमा विश्व विद्यालयका बैज्ञानिकहरूसहित संस्थाका प्रतिनिधिहरू, बरिष्ठ साउण्ड ईञ्जिनियर, छायांकन लगायतको टिम कार्यक्रममा सहभागी रहने जनाइएको छ ।

सगरमाथा आधार शिबिरमा जेष्ठ १५ गते कार्यक्रम हुने आयोजक संस्थाले जनाएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको तर्फबाट प्राडा शिक्षाध्यक्ष शिवलाल भुसालको नेतृत्वमा अनुसन्धान बिभागका निर्देशक प्राडा उमेश मण्डल, डा. नारायणप्रसाद घिमिरे, डा. दिबस श्रेष्ठ, कोलोराडो स्टेट विश्वविद्यालय बाट प्राडा जोयल बर्गर र कोलोराडो विश्वविद्यालय अमेरिकाबाट जोअन्ना ल्याम्बर्ट सहभागीता रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको