Logo
16 Apr 2024    ४ बैशाख २०८१, मंगलवार

ताजा खबर

बैशाख ६ र ७ गते वालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइदै रवि लामिछाने सहकारी प्रकरण: अनुसन्धानमा २ करोड ऋण लिएको देखियो, अभियोग लागेन दुई जना डीआइजी विशेष पदमा बढुवा सिफारिस आचार्य प्रशान्तले मानसिक स्वास्थ्यका विषयमा विद्यार्थीसँग गरे अन्तरक्रिया तीन दिन गड्डाचौकी नाका बन्द हुने आज चैते दसैँ, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

सुस्मिता बलात्कार प्रकरण :पीडित युवतीको घरमा प्रहरी टोली

Reporter

आठ वर्षअघिको पेजेन्टमा  रनरअप भएपछि आफूमाथि बलात्कार भएको बताउने पीडित युवतीको घरमा प्रहरी टोली पुगेको छ ।

शुक्रबार काठमाडौंको पेप्सिकोलास्थित पीडितको घरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) कृष्ण कोइरालाको टोली घटनाबारे अनुसन्धान गर्न पुगेको हो ।

पीडित युवतीले ‘सुसी खान जाने हो’ नाम टिकटक आइडीबाट बुधवार साँझ करिब ८ वर्ष अघि आफू मोडल एजेन्सी सञ्चालक मनोज पाण्डेबाट बलात्कृत भएको आरोप लगाएी थिइन् । टिकटकमार्फत आफूमाथि यौन हिंसा भएको बताउदै पीडकलाई कारबाही गर्न माग गरेका थिइन् ।

पीडित युवतीले भाग–१ देखी भाग–२० सम्म आफूमाथि भएको यौन हिंसाको घटनाक्रम सुनाएकी थिइन् । त्यसपछि सामाजिक सञ्जाल र सडकमा युवतीको पक्षमा नाराबाजी र आन्दोलन हुँदै आएको छ ।

सञ्जाल र सडकमा चौतर्फी घटनाबारे निन्दा र पीडकलाई कारबाहीको दायरामा ल्याउन आन्दोलनै चर्किएपछि शुक्रबार संसदमा पनि यो विषयले प्रवेश पाएको छ ।

शुक्रबार बसेको संसद् बैठकमा नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले उक्त घटनाबारे तत्काल छानबिन थाल्न सरकारसँग अनुरोध गरेका छन् । सभामुख अग्नि सापकोटाले पनि यथाशीघ्र चाँडो घटनाबारे छानविन गर्न भनेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको