Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

चितवनमा भीषण हावाहुरीले तीन जनाकाे मृत्यु

Reporter

चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएकाे पानीले तीन जनाकाे ज्यान लिएको छ ।

हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

भरतपुर महानगरपालिका ११ भोजाड जंगलस्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना २ ह २२४७ नम्बरको अटोलाई रूख ढलेर च्याप्दा भरतपुर ११ लामाटोल बस्ने वर्ष ५० का  प्रदीपकुमार लामा र अटोमा सवार परिचय नखुलेकी अन्दाजी ५०/५१ वर्षकी महिलाको घट्नास्थलमा नै मृत्यु भएको हो ।

अटोमा सवार अबिता गुरुङ र तुलमाया गुरुङ सामान्य घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ ।

यस्तै हावा हुरीको कारण रूख ढल्दा भरतपुर महानगरपालिका ११ बसेनी चोकमा बिशाल चोकबाट बसेनीतर्फ जाँदै गरेको ना १ ज ६१४० नम्बरको म्याजिकलाई किच्दा म्याजिकमा सवार भरतपुर ११ बस्ने वर्ष ४८ को लोकनाथ न्यौपानेको घटनास्थलमा नै मृत्यु भएको घिमिरले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको