Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

जेठ २० मा अन्नपूर्ण म्याराथन

admin

काठमाडौं समाजको आयोजनामा खेल पर्यटन विकासका लागि अन्नपूर्ण म्याराथन २० जेठमा हुने भएको छ । अन्नपूर्ण गाउँपालिका मूल आयोजक रहने प्रतियोगिता ४२ सय मिटरबाट सुरु भई १६९० मिटरको उचाइमा समाप्त हुने सोमबार आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताको समापनमा पूर्वप्रधानमन्त्री तथा अन्नपूर्ण–काठमाडौं समाजका संरक्षक पुष्पकमल दाहाल प्रचण्डले विजेतालाई पुरस्कृत गर्नेछन् ।
अन्नपूर्ण सेन्चुरी महोत्वसवका अवसरमा पहिलोपटक अन्नपूर्ण म्याराथन प्रतियोगिता सुरुवात गर्न लागेको आयोजकले जनाएको छ । आयोजक समाजले सुरुवाती वर्ष भएकाले योपटक स्वदेशी र विदेशी गरी कुल ८० देखि सय पुरुष प्रतिस्पर्धी सहभागी गराउने जानकारी दियो । अर्को वर्षमा थप बृहत् बनाउँदै महिला सहभागिता गराउने प्रयास पनि गर्ने समाजका उपाध्यक्ष झलकराम अधिकारीले जानकारी दिए ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ हुने म्याराथनका लागि आवश्यक खर्च अन्नपूर्ण गाउँपालिकासँगै अन्नपूर्ण–काठमाडौं समाजलगायतले व्यवस्थापन गर्नेछन् । समाजले ३ जुन १९५० मा फ्रान्सेली आरोहीले सफलतापूर्वक अन्नपूर्ण हिमालको आरोहण गरेको उपलक्ष्य पारेर प्रतियोगिता गर्न लागेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको