काभ्रे- काभ्रेको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार महेश खरेल विजयी भएका छन्। उनले १२ हजार ८३६ मत पाएका छन् भने उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार कञ्चन अधिकारीले ८ हजार ११५ मत पाएका छन्। खरेलले दोस्रो पटक प्रमुखमा जितेका हुन्। यसअघि २०७४ मा पनि उनले प्रमुखमा जितेका थिए।
यस्तै उपप्रमुखमा भने एमालेकी सूर्य माया दनुवारले जित निकालेकी छिन्। उनले गठबन्धन दलबाट उपप्रमुखकी उम्मेदवार माओवादी केन्द्रका चेतप्रसाद गौतमलाई हराएकी हुन्। दनुवारले ९ हजार ५३४ मत पाएकी छिन् भने गौतमले ९ जहार १० मत प्राप्त गरेको नगर सदस्य समीर लामाले बताएका छन्।
लोकप्रिय समाचार

