Logo
29 Mar 2024    १६ चैत्र २०८०, शुक्रबार

ताजा खबर

काठमाडौंको छाउनीस्थित आफ्नै घरमा डाक्टर झुन्डिएको अवस्थामा मृत फेला विगतमा भन्दा सुधार भएपनि महिला सशक्तीकरणमा धेरै गर्न बाँकी छ : प्रधानमन्त्री प्रचण्ड ‘महाजात्रा’ले महिलाको शीप र क्षमताको कदर गरेकामा हामी खुसी छौँ : वरिष्ठ ब्युटिसियन महरा बिहीबारदेखि एसइई सुरु रुस जान व्यक्तिगत श्रम स्वीकृत खुला गरिएको छैन : मन्त्री अर्याल सम्पदा अमगाई अभिनित भिडियो ‘डाँडा पारी जुन’ सार्वजनिक (भिडियो)

तामाङ भाषा–संस्कृतिका समस्त विषय उठान गर्न गाह्रो : नायक घिसिङ

Reporter

काठमाण्डौ – विगत एक दशक भन्दा लामो समय देखी नेपाली एवं तामाङ भाषाको चलचित्र तथा मोडलिङको क्षेत्रमा सक्रिय रहदै आएका नायक तथा मोडल सागर घिसिङ पछिल्लो समय चक्लेटी नायक तथा मोडल चिनिने गर्दछन् । नेपाली तथा केही तामाङ चलचित्रहरुमा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका घिसिङले चलचित्रका अलावा दर्जनौ म्युजिक भिडियोहरुमा समेत मोडलिङ गरिसकेका छन् । खास गरेर तामाङ कल्चरलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट संसार सामु चिनाउने जमर्को गरेर अगाडी बढिरहेका घिसिङले तामाङ कल्चरका अलवा नेपाली लगाएत अन्य भाषा तथा कल्चरहरुलाई पनि असाध्यै माया गर्ने बताए छन् ।

घ्रान, हल्ला लासी लगायतका तामाङ चलचित्रहरुमा आफ्नो दमदार प्रस्तुती देखाईसकेका नायक तथा मोडल घिसिङकै अभिनयमा“त्यो रात, पिरोमा रैछ, मेरो रुप, च्याङ्वाले, कोही छ की” लगाएत दर्जनौं नेपाली भाषामा तैयार भएका भिडियोहरु एवं “ए विना ङा, फ्याफुल्ला माया, नेसी मुसुक्क, पर्दा, मायाला रंग, ज्यावा डाङ्वा, जिन्दगी री, टिङ मे धुक धुक, ओई नाला, जामेला कर्मा” लगायतका उनका दर्जनौ म्युजिक भिडियोहरु बजारमा आईसकेका छन् भने “तिङ मी ढुकढुक र सारी आरे” लगाएतका उनका दर्जनौ म्यूजिक भिडियोहरु चर्चामा रहेका छन् ।

तामाङ चलचित्र संघको अनुशासन विभाग प्रमुखको भुमिका निर्वाह गरिहेका नायक घिसिङ विषेश गरेर तामाङ चलचित्रलाइ  तथा गीत संगीतलाई आधुनिकिकरण गर्नको लागि सक्रिय रहदै आएका छन् । विश्वभर रहेका तामाङ समुदाय सम्म आफ्नो भाषामा निर्माण भईरहेका चलचित्रहरु पुर्याउनको लागि सरकारी तथा निजि स्तरमा गएर आवाज उठाउने प्रयास भईरहेको उनि बताउछन् । उनि भन्छन् “अहिलेको जमाना एक दमै आधुनिक हो र अहिलेका दर्शकहरु पनि निक्कै आधुनिक छन र उनिहरुलाई मनपर्ने चलचित्र बनाए मात्रै  टिक्न सकिने नत्र भने अस्तित्वनै मेटिन सक्छ ” ।
नायक तथा मोडल घिसिङका अनुसार तामाङहरुको गाउँ–गाउँ पिच्छे फरक फरक खालको भाषा एवं संस्कृति भएको कारणले पनि  तामाङहरुको भाषा–संस्कृतिका समस्त विषयहरुलाई उठान गर्न निकै गाह्रो भईरहेको र जतिसक्दो तामाङ कलाकारहरुले आफ्नो आफ्नो संस्कृतिलाई चलचित्र तथा गीत संगीतका माध्यमबाट उठान गर्ने कोशीस गरिरहेको अनुभव उनिसंग छ । जसरी पहिले–पहिले भाषा तथा संस्कृतिको जगेर्ना गर्नको लागीे गाउँ–गाउँमा गएर माईकिङ गर्ने, एफ रेडियोबाट प्रचार प्रसार गर्ने जुन परम्परा थियो त्यसलाई अहिले यूटुद्यव, फेसबुक, टिकटक लगायत समाजिक संजालहरुले प्रचार प्रसारमा गर्न निकै सजिलो भएको घिसिङको अनुभव रहेको छ ।

 

“सुरुमा रहरमा यस क्षेत्रमा प्रवेश गरेको हुँ, पछि काम गर्दै जाँदै यस क्षेत्रमा केही गर्नको लागी अभिनय, नृत्य लगाएतको तालिम एवं अध्ययनको अत्यन्त जरुरी भएको महसुस भयो र मैले यस क्षेत्रमा प्रवेश गरेको लामो समय पछि मात्रै चलचित्र संम्बन्धी आवश्यक तालिमहरु लिएको हुँ र त्यो अध्ययन एवं तालिमले मलाई आज काम गर्नकोको लागी निक्कै सहज भएको महशुस गरेको छु”। नायक तथा मोडल घिसिङले विभिन्न मिडियाहरुलाई बताएका छन् ।

नायक तथा मोडल घिसिङको तामाङ गीत “तिङ मी धुक धुक” घिसिङको चर्चित म्युजिक भिडियो हो त्यसै गीतवाट सन् २०१९ मा घिसिङले “नेशनल पावर न्युज म्युजिक अवार्ड २०१९”मा सर्वाेत्कृष्ट तामाङ भाषाको मोडलको अवार्ड समेत प्राप्त गर्न सफल भएका थिए  भने उनले सन २०१९ मै हिमालयन इन्टरनेशनल नेपाली म्युजिक भिडियो आवार्डमा पनि सार्वोत्कृष्ट मोडलकै अवार्ड प्राप्त गरेका थिए ।

त्यस्तै दोस्रो स्पाइनी ब्याब्लर अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा नायक तथा मोडल सागर घिसिङले तामाङ चलचित्र “घ्रान” मार्फत सर्वोत्कृष्ट नायकको रुपमा अवार्ड जित्न सफल भएका थिए । स्पाइनी मुभिजको प्रस्तुतीमा हरेक वर्ष आयोजना हुदै आएको स्पाईनी व्याब्लर अन्तराष्ट्रिय चलचित्र महोत्सवको दोश्रो संस्करण ३ मे २०२२ मा चलचित्र विकास बोर्ड भृकुटीमण्डप काठमाण्डौमा सम्पन्न भएको थियो । उक्त फेष्टिबलमा नेपाल लगायत फिलिपिन्स, ईरान, भारत लगायतका देशका चलचित्रहरुको सहभागिता रहेको थियो । यसका अलावा नायक घिसिङलाई छाँयाछवि कला सम्मान २०७८ लगाएत विभिन्न गीत संगीत क्षेत्रसंग आवद्ध संघ संस्थाहरुले  नेपाली एवं तामाङ चलचित्र तथा म्यूजिक भिडियोको क्षेत्रमा अमुल्य योगदान पुर्याएको भन्दै विभिन्न शिर्षकका सम्मानहरु समेत प्रदान गर्दै आईरहेका छन् ।
– कमला जोशी


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको