Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

मिस एसइइ स्टार २०१८ को ट्यालेन्ट शो

admin

एसईईको अन्तिम परीक्षा दिएर बसेका छात्राहरुमा हुने अन्तर्निहित क्षमतालाई उजागर गर्न लक्षित गर्दै आयोजना गरिएको सौन्दर्य एबं बौदिक प्रतियोगिता ‘मिस एसइइ स्टार २०१८’ को ट्यालेन्ट शो सम्पन्न भएको छ । भवानी ईन्टरटेन्मेन्टको आयोजनामा हुने प्रतियोगिताका प्रतिस्पर्धीहरुले नृत्य, गायन, अभिनय, चित्रकला र वक्तृत्व कलामा आ–आफ्नो प्रतिभा प्रदर्शन गरे ।

प्रतियोगितामा २५ प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन । प्रतियोगितामा सन्ध्या कोईराला, नेविशा कार्की, ईशा गुरुङ, युना गुरुङ, याना सिटौला, प्राश्ना श्रेष्ठ , सुश्मिता श्रेष्ठ, सरिना श्रेष्ठ, संगिता लम्साल, निशा ठकुरी, नारायणी पौडेल, स्वस्थानी बुढाथोकी , रिया चौधरी, सृस्‍टि डङ्गोल, ममाता मोक्तान, रितिका ढुंगेल , भगवती तमाङ, कृषा घिमिरे, सारीका पाण्डे, जुली देउला, स्वीकृती ढुंगेल, चांदनी थापा, मनिषा तमाङ, दितुका लवजु , बिनी लामा छन ।

प्रतियोगिताको कोरियोग्राफी सगुन पाण्डेले गरिरहेकी छिन् । उनीहरू अहिले विभिन्न प्रशिक्षणमा छन् । जेष्ठ १९ गते जमलस्थित राष्ट्रिय नाचघरमा आयोजना गरिने अन्तिम प्रतिस्पर्धाबाट ‘ मिस एसईई स्टार २०१८’ को चयन गरिने आयोजक संस्थाका अध्यक्ष सोनित राज ढुंगेलले बताए । मिस एसइइ स्टार –२०१८ का सहभागीहरुले राजधानीको सैपाल एकेडेमी तथा टेक्सास कलेजमा छात्रवृत्ति पाउने छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको