Logo
15 Nov 2025    ३० कार्तिक २०८२, शनिबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

सरकारले फेसबुकसँग माग्यो विवरण

admin

काठमाडौं – नेपाल सरकारका निकायले सन् २०१७ मा फेसबुकसँग १ सय १० वटा एकाउन्टसम्बन्धी विवरण माग गरेको फेसबुकले सार्वजनिक गरेको छ । फेसबुकले यसैसाता सार्वजनिक गरेको आफ्नो ट्रान्सपरेन्सी रिपोर्टमा नेपाल सरकारबाट पटक पटक गरी एक सय १० फेसबुक एकाउन्टको विवरण माग भएको जनाएको छ ।

तीमध्ये केहीको मात्रै विवरण उपलब्ध गराइएको फेसबुकको रिपोर्टमा उल्लेख गरिएको छ । सन् २०१७को जनवरीदेखि जुनसम्ममा नेपाल सरकारका विभिन्न निकायबाट ४३ पटकमा ६७ वटा एकाउन्टसम्बन्धी विवरण माग भएको थियो । तीमध्ये ४१ वटा एकान्टको विवरण कानुनी प्रक्रियाको क्रममा माग गरिएको थियो । २ वटा एकाउन्ट विवरण भने आपत्कालिन परिस्थितिमा माग भएको रिपोर्टमा उल्लेख छ ।

यस्तै, जुलाईदेखि डिसेम्बरसम्म ६ महिने अवधिमा ६७ प्रयोगकर्ताको विवरण माग गरिएको फेसबुकले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । नेपाल सरकारका निकायले ४३ कानुनी प्रक्रियामा रहेका ६३ एकाउन्टको विवरण माग गरेको थियो । सो अवधिमा ४ वटा एकाउन्टको विवरण आपत्कालिन भन्दै मागिएको फेसबुकले जनाएको छ ।

फेसबुकले आफ्नो वार्षिक ट्रान्सपरेन्सी रिपोर्टमा संसारका विभिन्न देशका सरकारी निकायले माग गरेको विवरणसम्बन्धी तथ्यांकसमेत सार्वजनिक गर्दै आएको छ । कम्पनीले सन् २०१३ देखि वार्षिकरुपमा यस्तो रिपोर्ट सार्वजनिक गर्दै आएको छ ।  सबैभन्दा धेरै विवरण अमेरिका, भारत, जर्मनी, फ्रान्सजस्ता देशले माग्दै आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको