Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’(भिडियो) गढीमाई मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो दुर्घटना, ८ जनाको मृत्यु

डि सिने एवार्डको दशौ संस्करणमा अनमोल र निता उत्कृष्ट,बसुन्धरा भुसाललाई लाईफटाइम

admin

युवापुस्ताका लोकप्रिय अभिनेता अनमोल केसी १०औं ‘डी सिने अवार्ड’मा उत्कृष्ट अभिनेता घोषित भएका छन् । चलचित्र ‘कृ’बाट उनले यो अवार्ड चुमेका हुन् । उत्कृष्ट अभिनेत्रीको रुपम अभिनेत्री नीता ढुंगाना भइन । नीताले चलचित्र ‘पञ्चायत’बाट यो अवार्ड हात पारेकी हुन् ।
छायाछवि क्रियशनद्वारा विहीबार राजधानीको राष्ट्रिय सभागृहमा ‘हाम्रै कला, हाम्रै संस्कृति, हाम्रै सिनेमा सभ्य, भव्य, सुसंस्कृत चलचित्रको चाहना’ भन्ने नारा सहित डी सिने अवार्डको दशौं संस्करणमा हरेक वर्ष प्रदानगर्दै आएको सम्मान एवम् पुरस्कार यसवर्ष हास्य साम्रागी बसुन्धरा भुसाललाई लाईफटाइम लिजेन्ड्री, प्रदर्शक एवम् वितरक नरेन्द्र महर्जन र कलाकार मैसमी मल्ललाई रजत सम्मान एवम् श्याम अर्याललाई पत्रकारिता पुरस्कार प्रदान गरियो । पत्रकारित पुरस्कार–०७५ मा रु १० हजार १० रुपैया नगद राशि रहेको छ ।

विभिन्न २९ विधामा अवार्ड वितरण गरिएको समारोहमा नायक अनमोल केसी, भुवन केसी, नायिका नीता ढुंगाना, नायक पुष्पल खड्का, नायिका शिल्पा पोखरेल लगायतको सहभागिता थियो ।

डिजिटल फ्रम्याटमा बनेका चलचित्रहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले ‘डी सिने अवार्ड’ गरिदै आएको छ । छायाँछवि क्रियशनले आयोजना गर्ने यस अवार्डलाई चलचित्रकर्मीबीच उत्सवको रुपमा नै मनाउने गरिएको छ ।

चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष, लेखक, गीतकार समेत रहनुभएका शान्तिप्रियको अध्यक्षतामा यो अवार्ड हुँदै आएको छ । २९ विधाका अवार्ड रहनुका साथै जुरी अवार्ड, क्रिटिक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्ड सहित छायाँछवि फिल्मकर्मी रजत सम्मान पुरुष र महिला, छायाँछवि फिल्म पत्रकारिता पुरस्कार, छायाँछवि लिजेन्ड्री सम्मान पनि कार्यक्रमका अवसरमा प्रदान गरियो ।

डी सिने अवार्डको जुरीमा लेखक र निर्देशक मोहन निरौला, पत्रकार र निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, सङ्गीतकार सन्तोष श्रेष्ठ एवम् निर्देशक र सिनेमाटोग्राफर सवनम मुखीया रहेका छन् ।

डी सिने अवार्डको दशौं संस्करणमा हात पार्नेहरुको नामावली :

उत्कृष्ट चलचित्र- कृ
उत्कृष्ट निर्देशक- मिलन चाम्स (लिलीविली)
उत्कृष्ट पपुलर चलचित्र – छक्का पंजा २
उत्कृष्ट अभिनेता -अनमोल केसी ( कृ)
उत्कृष्ट अभिनेत्री – निता ढुंगाना ( पंचायत)
उत्कृष्ट सम्पादक – मित्रदेव गुरूंग ( मंगलम)
उत्कृष्ट छॉयाकार – पुरूषोत्तम प्रधान (कृ)
उत्कृष्ट सह अभिनेता – सलोन बस्नेत ९ ए मेरो हजुर २०
उत्कृष्ट सह अभिनेत्री – बर्षा राउत (छक्का पंजा २)
उत्कृष्ट चरित्र अभिनेता – पुष्कर गुरूंग (घामपानी)
उत्कृष्ट चरित्र अभिनेत्री – मिथीला शर्मा (मंगलम)
उत्कृष्ट नव निर्देशक – झरना थापा (ए मेरो हजुर २)
उत्कृष्ट नव नायक – सलिनमान बानिया (ए मेरो हजुर २)
उत्कृष्ट नव नायिका – जसिता गुरूंग (लिलीविली)
उत्कृष्ट संवाद – दिपेन्द्र लामा (घामपानी)
उत्कृष्ट पटकथा – प्रदिप भारद्वाज (लिलीविली)
उत्कृष्ट कथा – नवराज वुढाथोकी (भुईमान्छे )
उत्कृष्ट खलपात्र – प्रशान्त ताम्राकार (एेश्वर्य)
उत्कृष्ट हॉस्यकलाकार – केदार घिमिरे (छक्का पंजा २)
उत्कृष्ट बालकलाकार – कुशाग्र भट्टराई (पिंजडा व्याक अगेन)
उत्कृष्ट द्वन्द निर्देशक – हिमाल केसी (रूद्र)
उत्कृष्ट नृत्य निर्देशक – कविराज गहतराज, ९२ रूपैया कुटुमा कुटु….
उत्कृष्ट संगीतकार – राजनराज शिवाकोटी ,९२ रूपैया कुटुमा कुटु…
उत्कृष्ट गायक – सुगम पोखरेल (एेश्वर्य) तिमी रोएको पल…
उत्कृष्ट गायिका – बिन्दु परियार, (मंगलम) ,पर्ख पर्ख….
उत्कृष्ट गीतकार – धिरेन्द्र प्रेमर्षि (संरक्षण)  सम्झनाको सारंगी..
उत्कृष्ट ध्वनिमिश्रण – सुनयमान श्रेष्ठ (संरक्षण)
उत्कृष्ट पार्श्व संगीत – एलिश कार्की (लिलीविलि)
उत्कष्ट एनिमेशन – ग्लेज ईन्टरटेन्मेन्ट (क्रि)
क्रिटिक्स अवार्ड – नायक पुष्पल खडका (मंगलम)
क्रिटिक्स अवार्ड – चलचित्र (व्लायण्ड रक्स)
जुरी अवार्ड – निर्देशक नवल नेपाल (मंगलम)
ईन्करेज अवार्ड – निर्देशक पु्र्णेन्दु झा (संरक्षण)

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको