Logo
03 Jun 2023    २० जेष्ठ २०८०, शनिबार

ताजा खबर

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु सुजनको ‘भुक्के चप्पल’मा नविना(भिडियो) प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किए चौथो राष्ट्रिय साधना म्युजीक अवार्ड (रिवार्ड) को आवेदन खुल्ला ‘लू’बाट बच्न सतर्कता अपनाउन मौसम विज्ञान विभागको आग्रह गुडिरहेको गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

समाजसेवी मेघ सुवेदीद्वारा नेपाल स्नेही काखलाई नगद २१ लाख सहयोग

Reporter

ललितपुर । अमेरिका निवासी समाजसेवी मेघ सुवेदीले नेपालको एक अस्पताल निर्माणका लागि २१ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । लामो समयदेखि अमेरिकामा रहेर व्यापार व्यवसायको साथ साथै समाजसेवामा सक्रिय सुवेदीले समाजसेवी श्रीनेहा पोखरेलले असहाय मनोरोगीहरुको निशुल्क उपचारका लागि स्थापना गर्न लागिएको अस्पताल निर्माणका लागि उक्त रकम सहयोग गर्नु भएको हो । कलाकार समेत रहनुभएकी पोखरेलले संचालन गर्दै आउनुभएको ललितपुरको धापाखेल स्थित नेपाल स्नेही काखमा आयोजित एक कार्यक्रमका वीच उक्त रकम संस्थालाई हस्तान्तरण गरिएको छ ।

समाजसेवी सुवेदी अमेरिकामै रहनुभएकोले उहांको अनुपस्थितीमा उहांको प्रतिनिधित्व गर्दै नायक संजित भण्डारी,व्यबसायी हिरामणी भुसाल लगायतले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संचारकर्मी राज लुईटेल ,समाजसेवी सपना श्रेष्ठ,अंशु भण्डारी,डिल्लीराम सिग्देल लगायतको उपस्थिती रहेको थियो भने, नायक भण्डारी, भुसाल लगायत उहांहरुलाई नेपाल स्नेही काखको तर्फबाट संस्थालाई पुर्याउनुभएको कदर स्वरुप सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै समाजसेवी नेपाल स्नेही काखका संस्थापक श्रीनेहाले ‘आफुले बाटोमा भेटिएका असहाय मनोरोगीहरुको निशुल्क उपचारका तथा अन्यत्र अस्पतालमा समेत उपचारबाट वन्चित रोगीहरुका लागि छुट्टै अस्पताल निर्माणको सपना साकारका लागि समाजसेवी मेघ सुवेदीको परिवारले गर्नु भएकोे सहयोगको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो ।

यसै गरि, ईन्ट्रा नेशनल वेलफेयर फाउण्डेसन अफ अमेरिका नेपाल च्याप्टरका कार्यकारी अध्यक्ष समेत रहेका संजित भण्डारीले ‘समाजसेवी मेघ सुवेदीले नेपालमा गर्नुभएको सेवा कार्यको अनुसरण गर्दै आफु पनि समाजसेवामा सक्रिय भएर लागेको बताउदै उहांको परिवारले गरेको सेवा भाव प्रति हामीले धेरै कुरा सिक्न सकिने र भगवान खोज्न मन्दिर धाउनु नपर्ने भन्दै भगवान भनेका मेघ सुवदी, डिल्ली अधिकारी र श्रीनेहा पोखरेल जस्ता समाजका लागि उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरु भएको’ बताउनुभयो ।

                           समाजसेवी मेघ सुवेदीलाई सम्मान गर्दै श्रीनेहा पोखेरल

समाजसेवी श्रीनेहाले लामो समयदेखि बाटोमा भेटिएका पिडित मनोरोगी परिवार गुमाएका असहाय गरिब दुखी निमुखाहरुका उद्धार गर्दै आउनुभएको छ । १६ वर्षको उमेरदेखि मनोरोगीको उद्धार गर्दै आफ्नै संस्था अन्तर्गत संचालित भवनमा रेखदेख स्याहार सुसार गर्दै आउनुभएको छ ।

कसैबाट रेखदेख नभएका बाटोमा अलपत्र परेका मनोरोगीको उपचार, हेरचाह र स्याहारमा आफ्नै दैनिकी बनाउदै आउनुभएकी पोखरेलको समाजसेवाबाट प्रभावित भएर समाजसेवी सुवेदीले उनको संस्थामा सहयोग गर्दै आउनुभएको हो ।

आफु मात्र नभएर उहांकी सुपुत्रीले समेत आफ्नो खाजा खर्च कटाएर जम्मा गरिएको रकम नेपालमा समाजसेवामा समर्पित गर्दै आउनुभएको छ । संस्थाले हालै मात्र अस्पताल निर्माणको उद्देश्यले ललितपुरको बडिखेलमा जग्गा खरिद प्रक्रिया शुरु गरेको थियो । पोखरेलले जग्गा खरिदका लागि रकम अभाव भएकोले दाताहरुको सहयोगका लागि आव्हन समेत गर्नुभएको छ ।  अस्पताल निर्माण भए नेपालमा थोरै संख्यामा रहेको मनोरोग अस्पतालको कमी पुरा भई असहाय र उपचार विहिन मनोरोगीको सहज तवरले उपचारको व्यबस्था हुने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको