Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

“मिसेस तामाङ्ग २०१८” को ग्राण्ड फिनाले भव्य रुपमा सम्पन्न, पाल्साङले जितिन ताज सहित नगद एक लाख

admin

मिसेस तामाङ २०१८ दोस्रो संस्करण प्रतियोगिताको ताज पाल्साङ तामाङले जितेकी छन्। उनले ताजसँगै बेष्ट पर्सनालिटी, भियुर च्वाइस सहित नगद १ लाख जितेकी छन् । पाल्साङ तामाङले १२ प्रतिस्पर्धीहरूलार्इ पछि पार्दै २०१८ को मिसेस तामाङ्गको ताज पहिरिन सफल भएकी छन् । तामाङ्ग समुदायका बिवाहित महिलाहरुको कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना गरिएको मिसेस तामाङ्ग २०१८ को ग्राण्ड फिनालेमा फस्ट रनरअप निरु थिङ तामाङ, सेकेन्ड रनर अप पेमा तामाङ, थर्ड रनरअप सुनिता तामाङ र फोर्थ रनरअप सञ्जिता ङार्थेन तामाङ भएकी थिइन । उनीहरूले क्रमश नगद ५०, ३५ र २५ हजार जितेका छन् । राजधानीको राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्पन्न तामाङ्ग समुदायका विबाहित महिलाहरुको लागि आयोजित सौन्दर्य प्रतियोगीतामा फस्ट रनरले बेष्ट एक्टिभ, थर्ड रनरका सुनिता तामाङ्गले बेष्ट फोटोजेनिक र फेसबुक च्वाईसमा सब टाइटल जितेकी थिइन भने फोर्थ रनरका सञ्जिताले पपुलर च्वाइस र बेष्ट ब्युटी हेयरका सबटाइटल जितेकी थिइन ।

सौन्दर्य प्रतियोगिता मध्ये लोकप्रिय रहेको मिसेस तामाङ्गको दोश्रो संस्करणका निणार्यकहरुमा वरिष्ठ संचारकर्मी अशोक प्यासी राई, वाइबा सामाजका अध्यक्ष बिगेन्द्र एस वाइबा तामाङ, लाप्साङकार्पो म्युजिक सेन्टर प्रबन्ध निर्देशक रोशन फ्युवा, संचारकर्मी तथा आर्टिष्ट नेपाल मिडिया ग्रुपका सिईओ राज लुईटेल तथा २०१७ का मिसेस गुरुङ विजेता सुमना गुरुङ्ग रहेका थिए । कानून, न्याय तथा संसदीय ब्यबस्था मन्त्री शेर बहादुर तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रतियोगीहरुले आफ्ना मौलिक भेषभुषामा प्रस्तुत भै आकर्षक प्रस्तुती समेत दिएका थिए । विशेष अतिथी पूर्व संस्कृति उड्डयन राज्यमन्त्री पर्शुराम तामाङ र पूर्व कानूनी राज्यमन्त्री दिलमान पाख्रिन लगायत नेपालका वरिष्ठ व्यक्तित्वहरुको उपस्थिती रहेका उक्त प्रतियोगितामा चर्चित जादुगर तथा कलाकार हाहायोयो महादेव त्रिपाठीको नृत्य तथा कमेडी एवं अन्य कलाकारहरुको आआफ्ना नृत्य र गायनले कार्यक्रममा रौनकता थपिएको थियो । सोही अवसरमा संयुक्त अपाङ्ग आवाज केन्द्रका तिल बहादुर कार्कीलाई आयोजक शान्ता लामाले नगद तिस हजार सहयोग प्रदान गरेकी थिईन ।

कार्यक्रममा बोल्दै आयोजक संस्था एसके इन्टरटेन्टमेन्टका अध्यक्ष,नायिका तथा समाजसेवी शान्ता लामाले “विवाहित महिलाहरूको दक्ष, क्षमता, भाषा, संस्कृति सम्बन्धी उजागर गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको ” बताइन् । “बिवाहित तामाङ्ग समुदायका महिलाहरुका प्रतिभा निखार्ने आफ्नो समुदायका महिलाहरुको हकहितको संरक्षण तथा थप जिम्मेवार बोध गराउन र समाजप्रति उत्तरदायी र उत्प्रेरित बनाउन प्रतियोगिताको आयोजना गरिएको ” आयोजक शान्ताले सोहि अवसरमा बताईन । उर्वान होम्सको मुख्य प्रयोजन रहेको मिसेस तामाङ्ग २०१८ मा उपस्थित भै कार्यक्रमलाई भव्य अनि सभ्य बनाउन महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम चर्चित फेशनविज्ञ तथा प्रतियोगिताका कोरियोग्राफर रोजिन शाक्यले संचालन गरेका थिए ।

प्रतियोगिताको फोटोग्राफी आर्टिष्ट नेपाल र प्रत्यक्ष प्रसारण मेघा टेलिभिजनबाट गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको