Logo
22 Jan 2025    ९ माघ २०८१, बुधबार

ताजा खबर

साढे चार अर्ब फिर्ता गरिदिन माग गर्दै महानगरमा सहकारी बचतकर्ताको निवेदन अष्ट्रेलियासँग पराजित हुँदै नेपाल विश्वकपबाट बाहिरियो सुनको भाउ एकै दिन १९ सयले बढ्यो सञ्चारकर्मी तथा गीतकार गीताको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण टर्कीमा भएकाे आगलागीमा मृत्यु हुनेकाे संख्या ७६ पुग्याे संसदको हिउँदे अधिवेशन माघ १८ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

नेपाल्स चबी मोडलको दोश्रो संस्करणको लागि आगामी शनीवार अडिसन हुदै

admin

नेपालमा नै पहिलो पटक प्लस साइज मोडलहरुलको सौन्दर्य प्रतियोगीता आयोजना गरेर लोकप्रियता हासिल गरेको सिद्दि मिडियाले नेपाल्स चबी मोडल २०१८ को दोश्रो संस्करणको तयारी तिब्र पारेको छ ।
पृथक तथा फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका युवतीहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मन्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिदै आएको नेपाल्स चबी मोडलको दोश्रो संस्करण फरक प्रकारको सौन्दर्य प्रतियोगिता भएको र उक्त कार्यक्रम सभ्य तथा भब्य तबरले सम्पन्न गरिने जानकारी आयोजक संस्था सिद्दि मिडियाका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन ।

क्षमता भएर पनि सधै आफ्ना शारिरीक बनौटले अगाडी समाज सामु आफ्ना प्रतिभा प्रस्फुटन गराउन पछि परेका र आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न उचित अवसरको पर्खाईमा रहेका प्लस साईज युवतीहरुलाई उनीहरुको क्षमतालाइ अभिबृद्धि गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता तयारी गरिएको र यस प्रतियोगिताले गर्दा समाज परिबर्तनमा शारिरीक रुपमाले मात्र होईन वौद्धिक क्षमताले आफूलाई राष्ट्र तथा अन्तराष्ट्र क्षेत्रमा सकारात्मक संदेश पुर्याउन सकिने कुरा प्रबन्ध निर्देशक शाहले बताए । नेपालका चर्चित कोरियोग्राफर बाट कोरियोग्राफी हुने उक्त सौन्दर्य प्रतियोगिताको बिजेताले विभिन्न अवसर प्राप्त गर्नेछन । प्रतियोगीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर तथा ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
त्यसका अलावा फोटोसुट, ब्राण्ड टिसर्ट, आकर्षक गाउन उपलब्ध गराई नेपालका महत्वपूर्ण स्थलहरुको भ्रमण, सामाजिक कार्यमा समेत सहभागी गराईनेछ ।

ईच्छुक प्लस साईज (मोटोपन भएका बिवाहित तथा अबिवाहित युवती) भएका युवतीहरुले आगामी शनीवार आर्टिष्ट नेपालको कार्यालय पूतलीसडकमा आई अडिसन दिन सक्नेछन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको