Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

न्यूजील्याण्डले पाकिस्तानलाई हरायो अनमोल केसी नर्भिक अस्पतालमा भर्ना ५१ देशका आरोहीले लिए अनुमति एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी आजदेखि सोह्र श्राद्ध सुरु प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

बसले ठक्कर दिदा मोटरसाइकलमा सवार ४ जनामध्ये तीन जनाको मृत्यू

admin

मोटरसाइकललाई बसले ठक्कर दिदा एउटै मोटरसाइकलमा सवार ४ जनामध्ये तीन जनाको मृत्यू भएको छ भने एकजना गम्भीर भएका छन् ।

पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना ५ ख ३०८२ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको ना ५५ प १५९४ नम्बरको मोटरसाइकललाई पृथ्वीराजमार्गको व्यास नगरपालिकास्थित कमलबारीमा शनिबार राति ठक्कर दिदाँ उक्त दुर्घटना भएको हो । मोटरसाइकलमा सवारमध्ये दुई जनाको शनिवार राती घट्नास्थलमै र एक जनाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा पर्सा घर भई सेरवा गाउँपालिका वडा नं ३ बस्ने २० वर्षीय राज राय र २१ वर्षे धिरज चौधरीको शनिवारै मृत्यु भएको हो ।

२२ वर्षीया संजय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आइतबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहूँका सूचना अधिकारी एवं डिएसपी सुनिल मल्लले जानकारी दिए ।
घाइते २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ । प्रहरीले ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको