Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

गोली प्रहार गरी भागेका दुईजना लुटेरा नौ लाख रुपैयाँ सहित पक्राउ

admin

गोली प्रहार गरी भागेका दुईजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेका व्यक्तिको नाम अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने प्रहरीले जनाएको छ। उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले उनले जानकारी दिए।

बिहान पौने १० बजे धनगढीको चौराहास्थित सेन्चुरी बैंक अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए।
सिद्धार्थ बैंक र सेन्चुरी बैंकको दूरी करिब दुई सय मिटर छ। बिहान पौने १० बजे सिद्धार्थ बैैंकबाट साढे ९ लाख रुपैयाँ झोलामा बोकेर साइकलमा कार्यालय जाँदै गरेका कार्कीमाथि गोली प्रहार गरी अज्ञात समूले पैसा लुटेको हो।

मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरी पैसा लुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। कार्कीको पाखुरा र छातीमा गोली लागेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको