Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

गोली प्रहार गरी भागेका दुईजना लुटेरा नौ लाख रुपैयाँ सहित पक्राउ

admin

गोली प्रहार गरी भागेका दुईजना लुटेरालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई नौ लाख रुपैयाँसहित कैलालीको गेटाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए।

पक्राउ परेका व्यक्तिको नाम अनुसन्धानका क्रममा भएकाले खुलाउन नमिल्ने प्रहरीले जनाएको छ। उनीहरुबाट एक थान मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले उनले जानकारी दिए।

बिहान पौने १० बजे धनगढीको चौराहास्थित सेन्चुरी बैंक अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी ९ लाख ५० हजार लुटेर भागेका थिए।
सिद्धार्थ बैंक र सेन्चुरी बैंकको दूरी करिब दुई सय मिटर छ। बिहान पौने १० बजे सिद्धार्थ बैैंकबाट साढे ९ लाख रुपैयाँ झोलामा बोकेर साइकलमा कार्यालय जाँदै गरेका कार्कीमाथि गोली प्रहार गरी अज्ञात समूले पैसा लुटेको हो।

मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली प्रहार गरी पैसा लुटेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। कार्कीको पाखुरा र छातीमा गोली लागेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको