Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

निर्वाचित पदाधिकारीहरुलाई “क्लब्स् अफिसर्स स्कूलिङ्ग”कार्यक्रम सम्पन्न

Reporter

काठमाडौं । लायन्स क्लब्स् अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ एल, नेपालको लायन वर्ष २०२२–२३ का लागि निर्वाचित क्बल पदाधिकारीहरुलाई एक दिने “क्लब्स् अफिसर्स स्कूलिङ्ग” कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब्स् अन्तर्राष्ट्रि«य मल्टिपल डिष्ट्रिक ३२५ नेपालका सल्लाहकार पूर्व गर्भनर गौतममान श्रेष्ठको प्रमुख आतिथ्यमा काठमाडौंस्थित होटल एयरपोर्टमा सम्पन्न भएको थियो । लायन वर्ष २०२२–२३ का लागि डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन लायन मणिश्री रत्न बज्राचार्यबाट स्वागतबाट शुभारम्भ भएको उक्त कार्यक्रम झण्डै ६० क्लबहरुबाट १६० अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रमको पहिलो सत्रको मुख्य विषयगत अनुसार उपस्थित विभिन्न क्लबहरुबाट प्रतिनिधित्व गरेर आउनु भएका क्लब अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षहरुलाई तीन वटा समूहमा विभाजित गरिएको थियो । पदिय दायित्व अनुसार डिष्ट्रिक ३२५ एल, नेपालका प्रथम तथा द्धितीय भाईस डिष्ट्रिक गभर्रन क्रमशः परमेश्वर बराल र सुमन भट्टबाट क्लब अध्यक्ष र उपाध्यक्षको काम, कत्र्तव्य र अधिकार सम्बन्धी अनुशिक्षण गरिएको थियो भने डिष्ट्रिक ३२५ एल, नेपालका क्याविनेट सेक्रेटरी र ट्रेजरर क्रमशः सुरेन्द्र रत्न शाक्य र हरि ढकालबाट पदिय दायित्व अनुसारको काम, कत्र्तव्य र अधिकार सम्बन्धी अनुशिक्षण गरिएको थियो । त्यस्तैगरी पि.आर.ओ ईन चिफ लायन मनकृष्ण श्रेष्ठबाट लायन्स क्लब्स् अन्तराष्ट्रिय र डिष्ट्रिकको ईलेक्ट्रोनिक रिपोर्टिङ्ग गर्ने बारे अनुशिक्षण गरिएको थियो ।

कार्यक्रमको दोश्रो सत्र नेपालको राष्ट्रिय गान र ध्वजाको अभिवादनबाट शुभारम्भ गरिएको उक्त कार्यक्रम उपस्थित सम्पूर्ण सहभागिहरुबाट विश्वशान्तिको लागि एक मिनेट मौन प्रार्थना गरिएको थियो । लायन्स डिष्ट्रिक ३२५ एल, नेपालका डिष्ट्रिक गभर्रन मणिश्री रत्न बज्राचार्यबाट उपस्थित सम्पूर्ण नव निर्वाचित क्लब पदाधिकारीहरुलाई लायन वर्ष २०२२–२३ को लायन्स क्लब्स् अन्तर्राष्ट्रिय प्रेसिडेण्टबाट निर्दिष्ट कार्यक्रम र डिष्ट्रिक गर्भनरको कार्यक्रमको बारेमा विस्तृत रुपमा जानकारी गराउनु भएको थियो भने प्रमुख अतिथी एवं मल्टिपल लायन्स डिष्ट्रिक ३२५ नेपालका सल्लाहकार तथा पूर्व गर्भनर लायन गौतममान श्रेष्ठबाट लायन्स डिष्ट्रिक ३२५ एल, नेपालको रणनैतिक कार्य योजनाबारे प्रष्ट पार्नु भएको थियो ।

त्यसैगरी उपस्थित लायन्स क्लबहरुको प्रतिनिधित्व गर्दै लायन्स क्लब अफ काठमाडौं सोसियल सर्कलका अध्यक्ष लक्ष्मी राई बाट एक दिने अनुशिक्षण कार्यक्रमबाट पदिय दायित्व अनुसार दिक्षित भएको र अझ बढि समाजसेवा गर्नमा प्रेरित महसुस भएको जानकारी गरिएको थियो भने लायन्स डिष्ट्रिक ३२५ एल, नेपालका प्रथम भाईस डिष्ट्रिक गभर्रन परमेश्वर बरालबाट दिक्षित सम्पूर्ण क्लब पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनु भएको थियो भने डिष्ट्रिक ३२५ एल, नेपालको वर्ष २०२२–२३ मनोनित लिडरशिप चिफ गोकर्ण कार्की, ट्रनिङ्गपुल चिफ कृष्ण आचार्य, ओमनशिप चिफ तारा भूषाल, लायन्स मेगेजिन चिफ राजशिरोमणि तुलाधर, एलसिआइएफ चिफ लायन माधव लामिछाने, एनएलएफ चिफ लायन सुधिर शर्मा, अलर्ट चिफ लायन अमित थापा, रिजन मेन्टर चिफ लायन रमेश कुमार थापा, जोन मेन्टर चिफ लायन निर्मल श्रेष्ठ, डिष्ट्रिक एडमिनेस्ट्रर चिफ लायन महेन्द्र श्रेष्ठ लगायत डिष्ट्रिकका टिम लिडर, कोअर्डिनेटर, चियरपर्सन, रिजन चियरपर्सन र जोन चियरपर्सनहरुको सक्रिय सहभागिता रहेको थियो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको