Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो चार दिनदेखि विद्युत आपूर्ति बन्द

बिश्वकै सबैभन्दा सस्तो बजाजको क्यूट कार डिसेम्वरमा सार्वजनिक हुदै

admin

चर्चित भारतीय अटोमोवाइल कम्पनी बजाजले सस्तो मूल्यको ‘क्युट’ कार आगामी डिसेम्बर महिनामा सार्वजनिक गर्ने भएको छ । मोटरसाइकल, स्कुटर र अटो रिक्सा उत्पादनमा निकै चर्चा कमाएको बजाजको कार सेग्मेन्टमा उपस्थिति यो नै पहिलो हो ।

अबको ६ महिनामा भारतीय बजारमा ल्याउन लागिएको बजाज ‘क्युट’ले इन्डोनेसियामा भने बिक्री वितरण गर्दै आइरहेको छ । यसको इन्डोनेसियामा मुल्य १ लाख २८ हजार भारतीय रुपैयाँ रहेको छ ।

उक्त कारले ३६ किलोमिटर माइलेज दिने र अहिलेसम्म बनेका कारहरु मध्ये सबैभन्दा कम प्रदुषण गर्ने कम्पनीको दाबी रहेको छ ।

बजाज ‘क्युट’ नाम दिइएको कार २७५२ मिलिमिटर लम्बाई, चौडाई १३१२ मिलिमिटर, उचाईं १६५२ मिलिमिटर र ह्विलबेस १९२४ मिलिमिटर रहेको छ ।

विभिन्न ६ रङमा उपलब्ध यो कारमा एसी, पावर स्टेयरिङ, वाइपर विन्डो, विद्युतीय मिटर र अडियो सिस्टम जस्ता विशेषता पनि छ ।

सानो क्षमताको इन्जिन भए पनि कारका रुपमा विकसित गरिएकाले यसलाई सुरक्षित मानिएको छ । यो कारमा २१६।६ सिसिको इन्जन जडान गरिएको छ जुन बजाज २२० पलसरको भन्दापनि कम हो । अन्य कारको तुलनामा यो कार निकै हलुको रहेको छ । यसको कुल तौल ४५० केजी रहेको छ ।

डिजिटल ट्राइस्पार्क फोर भल्व इन्जिन राखिएको कारमा ०।२ लिटरको वाटरकुल्ड इन्जिन छ भने, ५ वटा गियरबक्स रहेको छ । कारको अधिकतम स्पिड क्षमता ७० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यस अघि भारतीय अटोमोबाइल कम्पनी टाटाले सन् २००९ मा विश्वकै सबैभन्दा सस्तो कार भनेर नानो कार ल्याएको थियो ।

यहि क्रममा नेपाली बजारमा प्रबेश गर्ने आँकलन सबैले गरेका होलान तर, यो कार नेपाली बजारमा भने आउने छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको