
धनगढी- कञ्चनपुर प्रहरीले लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जिल्लाको भीमदत्त नगरपालिका-७, हल्दुखाल २६ वर्षीय किशन दमाई रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
उनको साथबाट ४७.५५ ग्राम लागूऔषध चरेस फेला परेको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय कञ्चनपुर र अस्थायी प्रहरी विट सालघारीबाट खटिएको प्रहरी टोलीले उनलाई शनिबार भीमदत्त नगरपालिका–१८, सालघारीस्थित नयाँ कटानको पक्की सडकखण्डबाट पक्राउ गरेको हो।
उनलाई नियन्त्रणमा लिएर कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागूऔषध चरेससहित एक जना पक्राउ
लोकप्रिय समाचार