Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

किन गर्दैछन आईजीपीको रिटमा सरकारी वकिलको बहस सुरु

Reporter

नेपाल प्रहरी महानिरीक्षक नियुक्तिको रिटमा विपक्षी अर्थात् सरकार पक्षको बहस सुरु भएको छ। महान्यायाधिवक्ता कार्यालयको तर्फबाट शोभाकान्त भण्डारीले बहस सुरु गरेका हुन्। तर आज भने इजलासले विपक्षीलाई समय दिएको हो। सरकारी वकिल कार्यालयका तर्फबाट पनि बहसका लागि दुई दिन समय पाउनेछन्। महान्यायाधिवक्ताको कार्यालय र आईजीपी धिरजप्रताप सिंहको तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्ने छन्।

सरकारलेसिंहलाई आईजीपीमा बढुवा गरेपछि एआईजी पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। वैशाख २२ गते प्रारम्भिक सुनुवाइ भएको थियो। तर पोखरेलले सिंहलाइृ हटाएर आफूलाई आईजीपी बनाउन माग गरे पनि न्यायाधीश सुष्मालता माथेमाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

त्यसपछि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा अन्तिम सुनुवाइ सुरु भएको हो।

आईजीपीको रिटमा सरकारी वकिलको बहस सुरु

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको