Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

पीडित बालबालिकाको सहयोगको लागि रीता परियारकाे च्यारिटी

admin

 

काठमाडाै । गत अङ्रेजी मे १४ मा नेपालका चार अनाथ तथा पीडित बालबालिकाको सहयोगको लागि एक  कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रम गोर्खा जिल्ला घर भइ हाल बेलायत लाइ कर्म थलो बनाई बस्नु भएकी समाजसेवी रीता परियार ले गर्नु भएको थियो। रीताको एकल प्रयासमा संचालित उक्त च्यारिटि डिनर

कार्यम नेपाल को ४ अनाथ तथा गरिब बालबालिका हरुलाई शिक्षा दिने उदेश्य ले आयोजना गरिएको थियो।

 सो कार्यक्रमबाट उठेको सहयोग रकम भेरी नगरपालिका वडा नम्बर ११ मटेलापुल स्थित चतुरमाला बिद्यालयमा अध्ययनरत बर्ष १० कि पार्वती बिटालु, बर्ष ८ कि चन्द्रा बिटालु , जाजरकोट जिल्ला वडा न. २ ढिमे भइ हाल काठमाडौं को हर्ट ल्याण्ड उच्च मा.बि मा अध्ययनरत बर्ष ७ को बालक दिपक परियार र धरानको श्री जनता आधारभुत बिधालय मा अध्ययनरत बर्ष ४ कि शारीरिक असक्त बालिका एबिना राइ लाई शैक्षिक खर्चको को लागी नगद रु दुई लाख चार हजार रुपैया प्रदान गरिएको छ। जिम्मेवारी युवा नेपाल का अध्यक्ष प्रमोद बिश्वोकर्मा बाट पायक जानकारी को आधारमा सुरु गरेको सो कार्यक्रममा थप एक बालक पनि थिए पछी कार्यक्रम केही दिन अगाडि उक्त बालक बर्ष १० का लोकिन बिश्वोकर्मा लाई नेपाल बाल संगठन संस्थाले आस्रयमा लिएको थाहा पाय पछी सो बालकको ठाउँमा धरान कि एबिना राइ लाई जो (शारीरिक रुपले पुरै असक्त र मुख ले लेख्ने गर्छिन् । ) कार्यक्रम को एक दिन अगाडि सहयोग गर्ने घोषण सहित कार्यक्रम भभ्यताका साथ सम्पन्न गरेको रीताले बताउनु भयो “लोकिनले साहरा पाय पछी उसको ठाउँ मा एबिना लाई राखेकी हुँ तर आउने दिनमा लोकिन लाई म सहयोग गर्न तयार छु “समाजसेवी रीताले बताइन् ।

चार बालबालिका लाई उज्ज्वल भबिस्य् का लागि एक बच्चा बराबर नगद रु .५१००० सहयोग उठेको थियो । जाजरकाेट जिल्लाको भेरी नगरपालिकाको वडा नम्बर ११ का सदस्य ज्ञानी प्रसाद शर्मा ,चतुरमाला बिद्यालयका प्राध्यानयपक खिम बहादुर घर्ति ,धरान कि पुर्णिमा सुब्बा र काठमाडौं जिल्लाको सुनौलो सपना नेपाल संस्था को सहकार्य मा पीडित बालबालिकाहरुलाई रकम हसातन्तरन गरियो । बेलायत मा बिगत दश बर्ष देखी बसोबास गर्दै आउनु भयकि रीता परियार् को यो पहिलो समाजसेवा कार्य होइन। बिगत धेरै समय अगाडि देखी नै बिभिन्न समाजसेवाको हातहरु अगाडि बढाउदै आउनुभएको छ । समाजसेवालाई नै अगाडि बढाउने अठोटका साथ समाजसेवी रीता परियार ले तुरुन्न्त अर्को कार्यक्रम चाडै नै घोषणा गर्ने समेत गर्नु भएको छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको