Logo
26 Apr 2025    १३ बैशाख २०८२, शनिबार

ताजा खबर

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः प्रधानमन्त्री ओली रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध आन्दोलनरत शिक्षकलाई नवनियुक्त शिक्षा मन्त्रीले बोलाए वार्तामा राजधानीबाट पाँच बंगलादेशी नागरिक पक्राउ

आगलागीमा पाँच लाख बराबरको क्षति

admin

सुनसरीको गढी गाउँपालिका–६ मा बिहीबार राति भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको छ ।

स्थानीय बुधु उराव (वकिल)को घरमा अचानक भएको आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागीमा उरावका तीनवटा घर जलेर नष्ट हुनुका साथै आठवटा खसीबाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, फर्निचरका सामग्री, नगद लगायत जलेर नष्ट हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिनुभयो ।

आगलागीलाई स्थानीयवासी, प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुणयन्त्रले नियन्त्रणमा लिएको थियो । आगलागीमा सबै घर जलेर नष्ट भएपछि उराव परिवार घरबारविहीन भएको स्थानीय कमलकिशोर शर्माले बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको