Logo
14 Apr 2024    २ बैशाख २०८१, आईतवार

ताजा खबर

भारतले नेपाललाई दियो ३५ एम्बुलेन्स र ६६ स्कुल बस लिंग परिवर्तन गरेकाले मागे तेस्रोलिंगीको नागरिकता नयाँ बर्षको दिन नुवाकोटमा माङ्चेभुमे जात्रा ‘अब २४ सै घण्टा काठमाडौँ जाग्छ’: प्रमुख कार्यकारी अधिकृत परियार उत्पादन श्रमसँग शिक्षा जोड्न आवश्यक : प्रेम सुवाल इजरायलमाथि इरानको ड्रोन आक्रमण

पूजा र आकाशको ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर

Reporter

निमेष प्रधानले निर्देशन गरेको फिल्म ‘सम्झना बिर्सना’ को दोस्रो ट्रेलर सार्वजनिक भएको छ।सार्वजनिक ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री पूजा शर्मा र छुल्ठिम गुरुङबीचको त्रिकोणात्मक प्रेमलाई देखाइएको छ।

आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेको फिल्ममा आकाश, पूजा र छुल्ठिमसँगै सुनिल थापा, शिशिर राणालगायत कलाकारहरूको पनि अभिनय रहेको छ। फिल्मको कथा तथा पटकथा निर्देशक निमेष प्रधान स्वयंले तयार पारेका हुन्।  शिव ढकालले छायांकन गरेको फिल्मलाई तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन् भने कमल राईको कोरियोग्राफी छ।

दार्जिलिङ, सिलगुढी, सिक्किम लगायतका रमणीय स्थानमा खिचिएको फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।यो फिल्म असार ३१ गतेबाट प्रदर्शन हुँदैछ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको