Logo
05 Oct 2024    १९ आश्विन २०८१, शनिबार

ताजा खबर

‘कस्तो हो यो माया’ सार्वजनिक(भिडियो) नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिँदै मिङ्मा जीले राखे किर्तिमान बिना अक्सिजन ८ हजार मिटरभन्दा अग्ला सबै १४ चुचुरोको सफल आरोहण प्राधिकरणले गर्‍यो काठमाडौंसहित यी १४ जिल्लालाई ‘विपद् संकटग्रस्त जिल्ला’ घोषणा प्रहरी निरीक्षक बिनु शाही निलम्बित सडक पेटी कब्जा गरी निर्माण सामग्री राख्ने कालिका बिल्डर्सलाई महानगरले तिरायो जरिवाना

“नेक्स्ट सुपर टप्स मोडल नेपाल”को पहिलो अडिसन सम्पन्न, प्रतियोगी छनौट हुदै

admin

काठमाडौँ : नेपालमानै पहिलो पटक महिला तथा पुरुषहरुको लागि मोडल सङस नेपाल प्रालिले नेक्स्ट सुपर टप्स मोडल नेपाल प्रतियोगिताको दोस्रो सिजन आयोजना गर्ने भएको छ l जेष्ठ १९ गते शनिबार रेड डायमण्ड रेष्टुरेन्टमा दोस्रो सिजनको लागि पहिलो अडिशन भएको उक्त सौन्दर्य प्रतियोगितामा २४ जना प्रतिस्प्रधी युवायुवती छनौट भएका छन् भने अन्य प्रतियोगीहरुको लागि मोडल सङस नेपाल प्रालिको कार्यालय एयरपोर्ट सिनामंगल काठमाडौँ बाट धमाधम छनौट भईरहेको कुरा आयोजक सस्थाले जानकारी गराएको छ l पहिलो अडिसनमा अायोजक डेबिल सिह राजपुत, मोडल तथा नर्सिङ डाइरेक्टर सिर्जना महत, फेसन डिजाइनर ममता बस्नेत, अायोजक सुजन रिमाल, मोडल तथा कोरियोग्राफर दिवस भट्टराईले प्रतियोगीहरुलाई छनौट गरेका थिए । उक्त प्रतियोगिता भबिष्यमा नेपाल बाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिश्प्रधाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले यस प्रतियोगिता गरिदै आएको कुरा मोडल सङस नेपाल प्रालिका प्रबन्ध निर्देशक डेभिल सिंह राजपुत बताउछन l

सङस नेपाल प्रालिले आयोजना गर्न लागेको यस सौन्दर्य प्रतियोगितामा भाग लिन इच्छुक महिला तथा पुरुष प्रतियोगीहरुले सङस नेपाल प्रालिको कार्यालय बाट फर्म लिएर सहभागिता जनाउन सक्नेछन l प्रतियोगितामा भाग लिनको लागि १६ बर्ष देखि ३० बर्ष सम्मक र महिलाको उचाइ ४’ ५” र पुरुष ५’५” भन्दा माथिका तथा बिबाहित अबिबाहित दुवै प्रतियोगीहरुले भाग लिन पाउनेछन l उक्त प्रतियोगिताको बिजेताले अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन l प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने जानकारी आयोजक डेभिल सिंह राजपुतले गराए।

इच्छुक प्रतियोगी हरु सम्पर्क को लागि तल को ठेगानामा सम्पर्क गर्न सक्नेछन l For More Information :- 9869014571-9844271872-9842637222-9809649541


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको