Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

1win Официальный Сайт Вход Зеркало Букмекера 1вин Ставки и Спорт अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत पहिरो खसेर सडक अवरुद्ध

admin

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चार किलो भन्ने स्थानमा आज अपराह्न पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो भन्ने स्थानमा आज अपराह्न ४ बजेको समयमा पहिरो खसेर सडक अवरुद्ध भएको चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।

सडक निर्माण कार्य हुँदै गर्दा एक्कासि सडकमाथिबाट सुख्खा पहिरो खसेको हो । उक्त स्थानमा तीन स्काभेटरको प्रयोग गरेर पहिरो हटाउने काम जारी छ ।

शुरुमा पहिरो खस्ने क्रम नरोकिएकाले केही समय पहिरो हटाउने कार्य सञ्चालन गर्न नसकिएपनि अहिले भने पहिरो हटाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरोका कारण चितवनबाट काठमाडौँ, पोखरालगायत ठाउँमा जाने र चितवन आउने सवारी अहिलेबीच बाटो मै रोकिएका छन् ।

बिहान १० बजेदेखि रोकिएका सवारीसमेत जान पाएका छैनन् । यहाँ सडक निर्माण कार्य जारी रहेकाले विहान १० देखि अपराह्न ४ बजेसम्म सवारी रोकिँदै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको