Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

इन्धनको मूल्य बढ्ने क्रम जारी, चौतर्फी असर

admin

आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो ।

शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल ९५ रुपैयाँ कायम गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमशस् गिरावट भए पनि सरकारले यहाँ बढाएको छ । इन्धनको मूल्य बढ्दा त्यसको असर चौतर्फी देखिन्छ । सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा असर पर्ने विज्ञहरू बताउँछन् ।

निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य बढाएकै दिन रुटअनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा बढेको छ । अधिकांश दुर्गममा हवाई मार्गबाट खाद्यान्न ढुवानी हुन्छ ।

हवाईजहाजको भाडा बढ्दा त्यसले प्रत्यक्ष असर दुर्गम जिल्लामा पर्छ । दुर्गमका सर्वसाधारणहरू महँगीको मारमा पर्ने अर्थविद् केशव आचार्य बताउँछन् । ‘मूल्यवृद्धि हुँदा सरकारको साधारण खर्चदेखि दुर्गमका जिल्लामा महँगी बढाउँछ,’ आचार्यले भने, ‘महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारले अनुदान दिएर भए पनि मूल्य स्थिर राख्नुपर्छ ।’ नेपाल आयातमा आधारित मुलुक हो । अधिकांश खाद्यन्न आयातमै निर्भर छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको