- जुना मोक्तान
काठमाडौं । वास्तबमा शुन्यताबाटै नै हरेक कुराहरुक वृद्धिबिकास हुँदै जाने गर्छ चाहे त्यो मानब जीवन नै किन नहोस।एउटा बालक जन्मिदा शुन्यतामै जन्मिएको हुन्छ पछि उसको शरिरमा बस्त्र पहिरनका साथै अन्य कुराहरू,मानिस जन्मिदा स्वतन्त्र भएर जन्म लिन्छ तर समयको परिबन्धले अनेकौं खाडलहरु पैदा गरिदिएको हुन्छ।मान्छे एक यात्रा अनेक भने झै जीवन भरी सधै उ एक्लै संघर्ष गरिरहेको हुन्छ,अन्तत उ शुन्यतामा नै बिलित भएर जान्छ।यस्तै मेरो जिवनको अभिलम्ब परिभाषा पनि बर्णन गर्न नै गाह्रो छ,तामाङ बर्गमा जन्म लियको म एक ब्यक्ति म सधै त्यो निलो आकाशलाई हेर्दै सोच्ने गर्थे त्यति निस्चल प्राकृतिक उपहार जसमा कहिले काहीँ कालो बादलले स्वरुप किन बदलिदिन्छ भनेर तर सबै कुरा सोचे जस्तो नहुने रैछ।मैले मेरो जिवनको प्रत्यक अनुशुचिलाई प्रकृति शीतसँग तुलना गर्ने गर्थे अनि त्यो सुर्यको किरणसंग पनि मैले सधै आफैमा प्रश्न गर्ने गर्थे मान्छे किन परिबन्धनमा पर्छ ? उस्ले किन वास्तविक परिचय पाउन सक्दैन ? भरोसा अनि चरीत्र किन फेरबदल गर्छ भनेररुतर मैले यस्को जवाफ कोहि कसैबाट पाउन सकिन।किन भने यो कलियुगमा मानब जिवनको कुनै मुल्य छैन,कसैको आशा र भरोसा माथी खेलवाड गरिएको छ,सम्बन्धको संसार अर्थहिन छ,मानिस बन्धकी जीवन बिताईरहनु परेको छ,कयौं भिडहरुबाट आफुलाई चिनाउन सकिरहेको छैन,आफुमा भएको सामर्थ्यलाई लुप्त गराई राख्नु परेको छ,अन्धकार भित्रको उज्यालो किरण झै मानिस उज्यालो संसारमा पनि अन्धकारमय जीवन बिताईराख्नु परेको छ,आस्थाको किरण हराई सकेको छ।क्षणिक आनन्दको कामबासनाले मानिस मानसिक युद्धलाई झेल्नु परेको छ,भने अर्को कुरा सेतो कागजमा लेखिएको त्यो मसिको कुनै अर्थ छैन।मैले मेरो जिवनमा यस्ता कुराहरु अझै पनि झेल्दै आईरहेको छु यो समाजको कुनै वास्तविक परिचय छैन किन भने यो समाजले न्याय अन्याय छुटट्याउन सकेको छैन।न्यायको पर्दामा बस्नेहरूले कालो पर्दाले ढाकिदिएका छ्न।
म एउटा तामाङ समुदायको पात्र भएको हुदा यो समाज र समाजमा बस्ने भलादमि भनौदाहरुको सोचाई म प्रती नकारात्मक नै थियो किन भने तामाङ जाती अघि बढेको मेरो समाजलाई मन नपर्ने रैछ।तर पनि मैले मेरो जिवनको गन्तव्यलाई अगाडि बढाई रहे कयौं दुख माथी संघर्ष गरि स्नातकोत्तर पास गरे त्यसपश्चात मेरो पहिलो पाइला जागिर खाने तर्फ मोडियो तर भने जस्तो कहाँ नै हुने रैछ र जहाँ पनि पावर र पैसाको मात्र चलखेल हुने रैछ।कयौं ठाउमा आबेदन दिए,अन्तरबार्ता दिए तर पनि मलाई छनौट गरिएन म थाकी सकेको थिए जीवन धान्नको लागि महिनाको रु।३००० तथा १५०० मा पनि काम गरे,शिक्षण पेशा तथा स्वास्थ बिमामा समेत तर यति थोरै रकमले नपुग्ने रैछ पछि गएर म भारतको चेन्नाई भन्ने ठाउमा ६ महिना सम्म काम गरि घर आए।तर गाउमा आउदा उस्तै कुरा काट्नेहरुको लहर यति लामो रैछ कि मैले अँखाले समेत ठम्याउन सकिन।घर परिवार समाज साथिभाईहरु पनि आर्थिक पक्षलाई नै हेर्ने रैछन ब्यक्तिको पिडालाई हैन।पछि गएर एउटा सस्थामा आबेदन दिए र छनौट पनि भए पशुपतिको जात्रा सिद्राको ब्यापर भने झै बिना नियुक्ति पत्र मात्र परिचयपत्रको आधारमा काम गरे लामो समय सम्म काम गरिसक्दा पनि मैले मासिक रकम पाउन सकिन पाए त केवल त्यो सच्चाई मनले गरेको कार्यको कालो धब्बा जुन कहिले मेटिन सक्दैन होला।तर पनि संघर्षको त्यो किरणको पर्छाईलाई पछाईरहेको छु।आज नहोला भोलि नहोला तर एक दिन अवश्य मेरो सपना पूरा गरेर छोडने छु।।
धन्यवाद।।।
##सादा जीवन उच्च बिचर नै जीवनको मुल मन्त्र हो##