Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक डोरी तान प्रतियोगितामा ब्रिजवाटर कलेजको उत्कृष्ट प्रदर्शन सुमी पराजुलीको नयाँ म्युजिक भिडियो ‘पिपल बोटैमा’ सार्वजनिक(भिडियो) कार्यक्रम व्यवस्थापन संघ, नेपालद्वारा वृहत भेला तथा वनभोज कार्यक्रम सम्पन्न साना व्यवसायीमाथि सुन्तला निचोरेजस्तो व्यवहार हुन्छ एनपीएलः लिग चरणको अन्तिम खेल हुँदै

जेष्ठ २६ गते “मिस गुरुङ इन्टरनेसनल सिजन टु” को अडिसन काठमाडौमा

admin

आउदो जेष्ठ २६ गते “मिस गुरुङ इन्टरनेसनल सिजन टु” को अडिसन काठमाडौमा हुने भएको छ । गरिब, असाहय तथा पिछडिएका बालबालिकाको निशुल्क शिक्षा तथा स्वास्थोपचारका लागी स्वास्थ्य शिविर संचालन गर्ने मृगतृष्णा फेशन हाउसको सामाजिक उत्तरदायित्व अन्र्तगत गरिन लागेको सहयोगार्थ सौन्दर्य प्रतियोगिताको पहिलो अडिसन नवलपरासीको कावासोतीबाट जेष्ठ १२ गतेबाट शुरु भएको थियो ।

गुरुङ समुदायको कला संस्कृती, भाषा र ब्यक्तित्व बिकास गर्ने उदेश्यले आयोजना हुन् लागेको यो प्रतियोगिताको जेष्ठ १३ गते बुटवलमा, १४ गते चितवन, १६ गते पोखरा र १७ गते लमजुङमा त्यस्तै, १९ गते इटहरीमा भव्य रुपमा सम्पन्न भए पश्चात अव आगामी जेष्ठ २६ गते शनिवार काठमाडौको सिडब्लु रेष्टुरेण्ट, कमलादीमा ११ बजेबाट शुरु हुने आयोजक तृष्णा गुरुङ्गले जानकारी दिएकी छिन । उपत्यका बाहिर देशभरका मुख्य मुख्य स्थानका शहरहरुमा सम्पन्न भएको उत्साहजनक सहभागीता रहेको अडिसनमा करीव ३०० भन्दा बढी ईच्छुक गुरुङ्ग समुदायका युवतीहरु सहभागी भएर अडिसन दिएका थिए ।
“हन्ट फर दि आइकन अफ गुरुङ सिभिलाइजेसन” मुख्य थिम बोकेको यस प्रतियोगिताबाट संकलित रकम गरिब, असाहय तथा पिछडिएका बालबालिकाको शिक्षा र स्वास्थ्यमा खर्च गरिने आयोजक डिजाइनर तृष्णा गुरुङले बताइन् । पहिले देखि नै सामाजिक कार्यलाई पहिलो प्राथमिकतामा राखेर फेशन डिजाइनिङलाई निरन्तरता दिदै आएकी गुरुङले यस पटक पनि च्यारेटी बेसमा यस प्रतियोगिताको आयोजना गर्न लागेकी जानकारी दिइन् ।

नेपाल अधिराज्यभरको अडिसनबाट छानिएका प्रतियोगीलाई पुर्व मिस नेपाल सुगारिका केसी तथा चर्चित कोरियोग्राफरहरुले एक महिने विशेष प्रशिक्षण दिनेछन् । प्रतियोगीहरुलाई मिडिया पसर्नालिटी एण्ड विजनेस करियर डेभ्लोमेन्ट, सेल्फ मेकअप एण्ड ग्रुमिङ सेसन, पब्लिक स्पिकिङ, मोटिभेसनल क्लास तथा सेल्फ कन्फिडेन्ट पावरको बारेमा प्रशिक्षण दिनेछ । त्यसका अलावा स्टुडियो तथा आउटडोर फोटोसुट, पोर्टफोलियो फोटोसुट, ब्राण्ड टिसर्ट, आकर्षक गाउन उपलब्ध गराई नेपालका महत्वपूर्ण स्थलहरुको भ्रमण, सामाजिक कार्यमा समेत सहभागी गराईनेछ । उक्त प्रतियोगिताको बिजेता तथा उपाधी बिजेताहरुले स्कुटर, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

दुवई, भारत तथा फिलिपिन्स लगायतका देशहरुमा समेत करीव २० वटा भन्दा बढी फेशन शो आयोजना तथा आफ्ना डिजाईनहरु प्रस्तुत गरि अन्तराष्ट्रिय स्तरमा समेत चर्चा कमाउन सफल डिजाईनर तृष्णा गुरुङ्गले आयोजना गरेकी मिस गुरुङ्ग ईन्टरनेशनलको पहिलो सिजनको सफलताबाट उत्साहित हुनुका साथै यस समुदायका युवतीलाई अन्तराष्ट्रिय रुपमा आफ्ना क्षमता प्रदर्शन गराउन र पहिचान दिलाउन यस प्रतियोगीतालाई निरन्तरता दिएको जानकारी दिईन ।

स्टायल एडि इन्टरटेमेन्टले इभेन्ट म्यानेजमेन्टको जिम्मा पाएको मिस गुरुङ इन्टरनेसनलको सगरमाथा टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
ईच्छुक गुरुङ्ग समुदायका युवतीहरुले उल्लेखित सम्पर्क नम्बरहरुमा फोन गरि जानकारी लिन सक्नेछन ।

जेष्ठ २६ सिडब्लु रेष्टुरेण्ट, कमलादी काठमाडौ
तृष्णा गुरुङ/अतित लामा/ दिपु खड्का/ लेक्स गुरुङ ९८४१९११८७७,९८६५१२२१३४, ९८६०५३५२९०,९८६०८०६५२९०


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको