Logo
14 Dec 2024    २९ मंसिर २०८१, शनिबार

ताजा खबर

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस, तराईंमा बाक्लो हुस्सु नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का

भारतीय सीमा सुरक्षा बलबाट नेपाली कुटिए

admin

सीमा पुल तरेर भारतबाट नेपालतर्फ फर्किंदै गरेका नेपाली भारतीय सीमा सुरक्षा बलबाट  कुटिएका छन् ।

दार्चुलाको सदरमुकाम खलंगास्थित नेपाल भारत जोड्ने पुलबाट घर फर्किंदै गरेका महाकाली नगरपालिका–१, छापरीका ५२ वर्षीय नन्दनराम लुहार बुधबार एसएसबीबाट कुटिएका हुन् । उनको आँखामा चोट लागेको छ ।

नेपाल प्रहरीका डीएसपी नवराज अधिकारीले एसएसबीको कुटाइबाट लुहारको आँखामा चोट लागेको र उनको अहिले दार्चुला आँखा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

मदिरा सेवन गरेका लुहारले अभद्र शैली देखाएकाले कुटपिट गरेको प्रष्टोक्ति एसएसबीले दिए पनि यकिन नभएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक महेन्द्र थापाले मदिरा सेवन गरेका लुहारले अभद्र शैलीमा एसएसबीलाई पुलको गेट खोलिदिन भनेको र त्यसपपिछि एसएसबीले कुटपिट गरेको जानकारी आफूले पाएको बताए ।

घटनापश्चात भारतीय प्रहरी अधिकारी जिल्ला प्रहरी कार्यालयमा पुगेर सामान्य छलफल भएको र थप छलफल तथा छानबीन आज गरिने प्रहरी स्रोतले बताएको छ ।

Source: onlinekhabar


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको