Logo
23 Jan 2026    १० माघ २०८२, शुक्रबार

ताजा खबर

गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय उम्मेदवारीबारे उठेका प्रश्न स्पष्ट गरेपछि आशिका तामाङको नाम कायम ओलीको निर्णयले भट्टराई आक्रामक: चिन्तित र दुःखी छु कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा सुरु डा. बाबुराम भट्टराईले गोरखा–२ बाट दिएको उम्मेदवारी फिर्ता लिए सुनले तोड्यो रेकर्ड, प्रतितोला ३ लाख नाघ्यो

“यो माया कस्तो माया” को पहिलो गीत सार्वजनिक

admin

चलचित्र “यो माया कस्तो माया” को पहिलो गीत सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौँमा पत्रकार सम्मेलन गराउदै निर्माण टिमले ‘ति ओठहरुमा’ बोलको गीत दर्शक माझ ल्याएको हो। सार्वजनिक गीतमा चलचित्रका मुख्य पात्रहरु नायक दिवश धिताल र नायिका सभ्यता गिरीको लभ रोमान्स देख्न सकिन्छ। अन्जु पन्त र फिरोज बस्नेतको आवाजमा सजिएको उक्त गीतमा अर्जुन पोखरेलको शब्द/संगीत रहेको छ भने रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

भुषण आनन्द ठकुरीको निर्देशनमा बनेको चलचित्रमा इन्द्र रजक र सम्वृद्धि श्रेष्ठको लगानी रहेको छ।दिव्य सुबेदीको छायांकन, शंखर महर्जनको द्वन्द, अर्जुन जी.सीले सम्पादन रहेको चलचित्रमा कर्ण थापा (किरण), र बाबु गौतम कार्यकारी निर्माताको रुपमा देखा परेका छन। चलचित्रमा दिवश र सभ्यताका साथै युवराज केशरी, सुमित डंगोल आदि कलाकारहरुको अभिनय रहेको छ चलचित्रको सम्पूर्ण छायांकन नेपाल र दार्जीलिंगमा गरिएको छ ।

भिडियो हेर्नुहोस:

https://youtu.be/4nvwi-0okWw


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको