Logo
19 May 2024    ६ जेष्ठ २०८१, आईतवार

ताजा खबर

‘मिस एण्ड मिसेस ब्युटीफुल नेपाल २०२४’ को पहिलो अडिसन सम्पन्न, दोश्रो जेष्ठ १८ मा मंगलोदय श्रृजनशिल समाजद्वारा आरुघाटको निलकण्ठ आधारभूत विद्यालयलाई शैक्षिक सामाग्री प्रदान युवराज घिमिरेको हत्या आरोपमा सात जना लागुऔषध दुर्व्यसनी पक्राउ प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्‍यो ललितपुर आगलागी : सञ्जय गरी पनि रहेनन्, एकै परिवारका चारै सदस्यको मृत्यु किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

२४ गते गायक सुरेन्द्रको एकल सांझ

admin

 

गायक तथा सङ्गीतकार सुरेन्द्र श्रेष्ठले एकल साँझ गर्ने भएका छन् । उनले असार २४ गते ठमेलस्थित थर्ड आई थियटरमा आफ्ना विभिन्न प्रस्तुतीहरु लिएर स्रोतामाझ  प्रत्यक्ष आउने भएका छन्। उक्त कार्यक्रममा उनले आफ्ना चर्चित गीतहरु प्रस्ततु गर्नेछन् । दुई दशक भन्दा लामो समयदेखी सङ्गीत क्षेत्रमा क्रियाशिल श्रेष्ठका स्वरमा तीन दर्जन भन्दा गीतहरु दर्शक–स्रोता माझ आएका छन् । त्यस्तै उनले १सय ५० भन्दा बढी गीतमा सङ्गीत भरेका छन् । गायक  एवं सङ्गीतकार श्रेष्ठको यो पहिलो एकल साँझ हो । उनी गायक, गीतकार, सङ्गीतकार तथा एरेन्जर पनि हुन । पछिल्लो पुस्ताका युवाहरु माझ लोकप्रिय संगितकार एवं गायकको रुपमा आफ्नो पहिचान वनाउदै आएका श्रेष्ठ एकल सांझमा आफ्ना चर्चित गितहरु तथा हालसम्म श्रोता दर्शकले रुचाएका एवं केहि नयां स्वाद पनि पस्कने तयारीमा छन् । उनले संगित भरेका केहि लोकप्रिय गितहरुको भिडियो सार्वजनिकको तयारीमा समेत रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको