Logo
13 May 2025    ३० बैशाख २०८२, मंगलवार

ताजा खबर

तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न गणेश प्रसाईंको शब्दमा ‘पैसा ठूलो रैछ’(भिडियो) हुलाक कार्यालय बाराका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा रमेश पाठकको स्वरमा ‘जे गर्नु पैसाले गर्‍यो’ सार्वजनिक(भिडियो) देविका बन्दनाको ‘शुभ-विवाह’ सार्वजनिक (भिडियो) संसदका दुवै सदनको बैठक बस्दै, विनियोजन विधेयकबारे छलफल हुने

सहमहामन्त्री यादवको दाबी : निर्दोष सावित भए जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुपर्छ

Reporter

काठमाडौं, २३ असार । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले अर्थमन्त्री जनार्दन शर्माबाट गल्ती भएको हो कि होईन भन्ने कुरा संसदीय छानबिन समितिको प्रतिवेदन आएपछि थाहा हुने बताएका छन् । यो प्रकरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको संलग्नता रहेको भन्नु गलत हुने उनको टिप्पणी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यो विवादको प्रकरणमा प्रधानमन्त्री देउवाको कुनै संलग्नता नभएको उनको जिकिर छ ।उनले विगतमा एमालेबाट अर्थमन्त्री बनेका भरतमोहन अधिकारी र विष्णु पौडेलमाथि करको दर चुहावट गरेको आरोप लागेको भएपनि उनीहरुले नैतिकता नदेखाएको र राजीनामा नदिएको स्मरण गराए ।

तर, कांग्रेसका अर्थमन्त्री डा. रामशरण महतमाथि दोष लाग्दा राजीनामा दिएको र निर्दोष सावित भएपछि पूनः अर्थमन्त्री बनेको उनको भनाई छ । यादवले अहिले जनार्दन शर्मामाथि संसदीय समितिले छानबिन थालेको भन्दै समितिले निर्दोष सावित गरे उनलाई अर्थमन्त्री बनाउनुपर्ने पनि बताए ।उनले भने,‘यदि उहाँ निर्दोष सावित हुनुभयो भने अर्थमन्त्री बनेर आउनुपर्छ ।’ उनले माओवादी केन्द्रले पनि तत्काल अर्थमन्त्रीको लागि नयाँ नाम नदिने विश्वास दिलाए । उनले छानबिन समितिको प्रतिवेदन आउञ्जेलसम्म अर्थ मन्त्रालयको नेतृत्व प्रधानमन्त्री देउवाले नै सम्हाल्ने स्पष्ट पारे ।

उनले माओवादी केन्द्रले गृह मन्त्रालयमा दाबी नगर्ने विश्वास दिलाए । यदि माओवादी केन्द्रले दाबी गरे पनि आफूहरुले उक्त मन्त्रालय माओवादीलाई नदिने उनले जिकिर गरे ।

निर्दोष सावित भए जनार्दन शर्मालाई अर्थमन्त्री बनाउनुपर्छ

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको