Logo
11 Dec 2025    २६ मंसिर २०८२, बिहीबार

ताजा खबर

अब विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति रहँदैनन्, राजनीतिकरण अन्त्य: प्रधानमन्त्री सरकार र भन्सार एजेन्ट बीच सहमति, भन्सार अवरोध खुल्यो काठमाडौं-४ सहित गगन थापाको नाम चार ठाउँबाट सिफारिस एमालेमा आन्तरिक प्रतिस्पर्धा चर्कियो : ओली र पोखरेल प्यानल भिडन्त एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

सन्ध्या कोइरालाले लगाईन साईपल मिस एसइइ स्टार २०१८को ताज

admin

साईपल मिस एसइइ स्टार २०१८ को उपाधि शैनिक आबसिय बिद्यालयबाट एसईई दिएकी सन्ध्या कोइरालाले हात परेकी छिन् ।

प्रतिस्पर्धामा सहभागी अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै १५ वर्षीया कोइरालाले ‘साईपल मिस एसइइ स्टार २०१८’को उपाधि जितेकी हुन् । उनलाई सन् २०१७ कि बिजेता एलिजा बुढाथोकीले क्राउन लगाइदिइन् । फस्ट रनरअपको ताज सुस्मिता श्रेष्ठले हात पारिन्, उनलाई अनुश्का मानन्धरले ताज पहिराईन । सेकेन्ड रनरअप याना सिटौला घोसित भइन, उनलाई गत बर्षकी बिजेता अन्जली शाहले ताज लगाईदिइन,यस्तै थर्ड रनरअप चादनी थापा भईन, उनलाई आयुश्मा नेपालले ताज लगाइदिएकी थिईन ।

त्यस्तै अन्य बिभिन्न विधामा प्रतिस्प्रधीहरुले सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट स्माईल मनिषा तामाङ, बेस्ट ड्रेस ममता मोक्तान, बेस्ट वाक जुलि देउला, ब्युटिफुल हेयर ईशा गुरुङ, मिस फोटोजेनिक स्वीकृति ढुंगेल, मिस पंचल प्राश्ना श्रेष्ठ, मिस कन्फिडेन्स बिनी लामा, मिस एट्लेक्ट्स सारीका पाण्डे, मिस पर्सानिलिटी युना गुरुङ, मिस मल्टी मिडिया रितिका ढुंगेल, मिस पपुलर सुस्मिता श्रेष्ठ, मिस इन्टेलेक्चल युना सिटौला, मिस बब्ली भगवती तामाङ, मिस ट्यालेन्ट सन्ध्या कोइराला, मिस फ्राईन्डशिप चादनी थापा, मिस डिसिप्लिन डिकुटा लवजु, अर्गनाइजर चईस कृषा घिमिरे रहेका छन ।

प्रतियोगिताको र्निर्णायक मण्डल लभिन अन्सारी, ड्रेस्स डिजाईनर साबित्री ढुंगाना, गायक तथा नायक कोशीस छेत्री, मिस ईभेरेस्ट नेपाल बिजेता दिप्ति श्रेष्ठ, सैपाल एकेडेमीका प्रिन्सिपल सुमन नगरकोटि, होटेल कन्ट्रीभिल्लाबाट एलिना धोजु, टेक्सास कलेजका निर्देशक नारायण पोखरेल, सास्वात कार्की रहेका थिए । प्रतिस्प्रधीहरुलाई कान्तिपुर फेशन हाउसको आकर्शक ड्रेस डिजाइनमा, राज मेकअप स्टुडियोको मेकअपमा आर्टिस्ट नेपाल स्टुडियोसले फोटोग्राफी गरेको थियो । प्रतियोगिताको कोरियोग्राफी सगुन पाण्डेको रहेको थियो । कार्यक्रमको संचालन दिनेस डिसीले गरेका थिए ।

एस.इ.इ.दिएर बसेका विद्यार्थीहरुको फुर्सदको समयलाई सगुपयोग गर्न लक्षित गर्दै भवानी ईन्टरटेन्मेन्टको आयोजना तथा ग्रेस ईभेन्टको सहकार्यमा ‘साईपल मिस एसईई स्टार २०१८’ को आयोजना गरिएको हो । एस ई.ई.परिक्षा दिएर बसेका छात्राहरुमा अन्तरनिहित प्रतिभालाई बिभिन्न तालिमको माध्यमबाट अझ निखारेर, क्षमता अभिवृद्धि गर्न सफल भएको आयोजक सोनित राज ढुंगेलले बताए ।

थप फोटो हेर्नको लागि –


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको