Logo
28 Nov 2023    १२ मंसिर २०८०, मंगलवार

ताजा खबर

दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च देशभरीका कारागारमा योग शिविर चलाइने काठमाडौं महानगरपालिका को सडक तथा नदी किनारमा आगो बाल्न निषेध इजरायल र हमास बीच युद्धविराम दुई दिन थप, के छुट्लान विपिन जाेशी? लोकसेवा आयोगको सबैभन्दा धेरै परीक्षा दिने सर्लाहीका, नाम निकाल्ने गुल्मीका

सवारी चालक अनुमति पत्रका (लाईसेन्स) आवेदन फाराम एक महिनाका लागि बन्द

admin

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिँदै आएको अनलाइन आवेदन फारम बन्द गराएको छ । विभागले एक सूचना प्रकाशन गरेर अनलाइन आवेदन फारम असार मसान्तसम्मका लागि बन्द गराएको जानकारी गराएको छ ।

विभागले आर्थिक वर्षको अन्त्यमा रि–ट्रायल सम्बन्धित काम सम्पन्न गर्नुपर्ने र राजस्वको हिसाब मिलान गर्नुपर्ने भन्दै अनलाइन आवेदन बन्द गराएको जानकारी गराएको छ । असार महिनामा अनलाइन आवेदन लिने, लिखत तथा प्रयोगात्मक परीक्षा गर्न नसकिने भएको भन्दै असार महिना भरी अनलाइन आवेदन नलिने भएको छ ।

साथै असार महिनामा अनलाइन आवेदन दिएका फाराम समेत सबै रद्द गर्ने विभागले निर्णय गरेको छ ।

यसैगरी रि-ट्रायल लिने परीक्षार्थीले पनि असार १५ गते भित्र लिइसक्ने व्यवस्था गर्न विभागले कोशी, एकान्तकुना, नारायणी, लुक्बिनी, गन्डकी, चावहिल, जगाती, ठूलो भर्याङको यातायात कार्यालयलाई पत्र पठाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको