Logo
19 May 2025    ६ जेष्ठ २०८२, सोमबार

ताजा खबर

प्रधानमन्त्रीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन कान्स फिल्म फेस्टिभल : रेड कार्पेटमा देखिए प्रदीप खड्का इजरायलको आक्रमणमा गाजामा १५१ जनाको मृत्यु आजको मौसमः देशभर आंशिक बदली, हावाहुरी सहित वर्षाको सम्भावना एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा संघीय संसद्का दुवै सदनको बैठक बस्दै

दुनियाँकै अनौठो आइसक्रिम आगोमा पनि नपग्लिने

Reporter

छिमेकी मुलुक जनसंख्या र भूगोलमा जति विशाल छ विचित्रतामा पनि उत्तिकै व्यापक छ । चिनियाँ उत्पादनहरू विश्व बजारभर पुगेका छन् र निकै लोकप्रिय पनि छन् । हालै चीनले एउटा अनौठो आइसक्रिम बनाएको छ ।यो आइसक्रिम नपग्लिने आइसक्रिम (मेल्ट प्रुुफ) हो । गर्मी तथा आगोमा राख्दासमेत यो आइसक्रिम पग्लिंदैन ।

आमरुपमा फ्रिज बाहिर निकालेको केही समयमै आइसक्रिम पग्लिन सुरु गर्दछ । तर चीनले यस्तो अजम्बरी आइसक्रिम बनाएको छ जसलाई आगोले पनि पगाल्न सक्दैन ।आगोले पनि पगाल्न नसक्ने उक्त आइसक्रिमको नाम Hermes of Ice Cream हो । हर्मेस एक ग्रिक देवताको नाम हो जसलाई प्राचीन ग्रिक संस्कृतिमा संरक्षण देवताको रुपमा मानिन्छ ।

आगोमा पनि नपग्लिने यो आइसक्रिमको मूल्य पनि केही महँगो नै हुनेभयो स्वभाविक रुपमा । यसको मूल्य ६६ चिनिया युआन अर्थात् करिब १४ सय रुपैयाँ पर्ने बताइएको छ ।डेलिस्टारको रिपोर्ट अनुसार यो आइसक्रिम निर्माता कम्पनीले यसमा क्याराजिनन गम मिसाएको छ जुन एक सामुदि्रक वनस्पती हो । सोही गमका कारण यो आइसक्रिमले आफ्नो आकार लिइरहन्छ ।स्मरण रहोस् यसअघि अन्य देशले पनि नपग्लिने आइसक्रिम बनाइसकेका छन् । ग्यास्ट्रोनट नामक कम्पनीले सन् २०१६मा यस्तै नपग्लिने आइसक्रिम बनाएको थियो ।त्यस्तै जापानले सन् २०१८ मा यस्तै आइसक्रिम बनाएको थियो । त्यसैगरी अस्ट्रेलियाले पनि आइसक्रिम स्याण्डविच बनाएको थियो जुन घण्टौँसम्म बाहिर राख्दासमेत पग्लिंदैनथ्यो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको