Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

दुनियाँकै अनौठो आइसक्रिम आगोमा पनि नपग्लिने

Reporter

छिमेकी मुलुक जनसंख्या र भूगोलमा जति विशाल छ विचित्रतामा पनि उत्तिकै व्यापक छ । चिनियाँ उत्पादनहरू विश्व बजारभर पुगेका छन् र निकै लोकप्रिय पनि छन् । हालै चीनले एउटा अनौठो आइसक्रिम बनाएको छ ।यो आइसक्रिम नपग्लिने आइसक्रिम (मेल्ट प्रुुफ) हो । गर्मी तथा आगोमा राख्दासमेत यो आइसक्रिम पग्लिंदैन ।

आमरुपमा फ्रिज बाहिर निकालेको केही समयमै आइसक्रिम पग्लिन सुरु गर्दछ । तर चीनले यस्तो अजम्बरी आइसक्रिम बनाएको छ जसलाई आगोले पनि पगाल्न सक्दैन ।आगोले पनि पगाल्न नसक्ने उक्त आइसक्रिमको नाम Hermes of Ice Cream हो । हर्मेस एक ग्रिक देवताको नाम हो जसलाई प्राचीन ग्रिक संस्कृतिमा संरक्षण देवताको रुपमा मानिन्छ ।

आगोमा पनि नपग्लिने यो आइसक्रिमको मूल्य पनि केही महँगो नै हुनेभयो स्वभाविक रुपमा । यसको मूल्य ६६ चिनिया युआन अर्थात् करिब १४ सय रुपैयाँ पर्ने बताइएको छ ।डेलिस्टारको रिपोर्ट अनुसार यो आइसक्रिम निर्माता कम्पनीले यसमा क्याराजिनन गम मिसाएको छ जुन एक सामुदि्रक वनस्पती हो । सोही गमका कारण यो आइसक्रिमले आफ्नो आकार लिइरहन्छ ।स्मरण रहोस् यसअघि अन्य देशले पनि नपग्लिने आइसक्रिम बनाइसकेका छन् । ग्यास्ट्रोनट नामक कम्पनीले सन् २०१६मा यस्तै नपग्लिने आइसक्रिम बनाएको थियो ।त्यस्तै जापानले सन् २०१८ मा यस्तै आइसक्रिम बनाएको थियो । त्यसैगरी अस्ट्रेलियाले पनि आइसक्रिम स्याण्डविच बनाएको थियो जुन घण्टौँसम्म बाहिर राख्दासमेत पग्लिंदैनथ्यो ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको