Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल

“मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१८” को उपाधी भावना चौधरी र जितेन्द्रले हात पारे

admin

सात नम्बर प्रदेशको राजधानी धनगढीमा सम्पन्न“मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१८” को उपाधी भावना चौधरी र जितेन्द्र चौधरीले हात पारेका छन् । त्यस्तै फस्ट रनरअफमा क्रमश जोत्सेना शाह,राजन सिजापती र सेकेन्ड रनरअफमा क्रमश अर्चना चौधरी र अस्मीत कुश्मीले बिजयी भएका छन् ।

बिजेताले जुन सुकै संकायमा पुर्ण छात्रबृती पाउनेछन र सो छात्रबृती काठमाडौं स्थित कलेज पेन्टागन ईन्टरनेश्नलले प्रदान गर्नेछ । त्यसका साथमा काठ्माडौ कै कलेज वोरिन्ट कलेजले पनि अधिकतम ४ लाख सम्म को छात्रबृती प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्लानेट ईन्टरटेनमेन्ट ईन्टरनेशनले आयोजना गरेको मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्टमा सात नम्बर प्रदेशका एसईई दिएर बसेका भाईबहिनीहरुको सहभागिता रहेको थियो । निर्णायकमा क्रमश रेडियो धनगढीका स्टेशन म्यानेजर हरि जोशी,हरिष सिन्हा र रत्ना बिष्ट रहेका थिए ।

बिगत लामो समय देखी मनोरञ्जन क्षेत्रमा देश भर बिभिन्न कार्यक्रमहरुको सफल आयोजना गरिसकेको प्लानेट इन्टरटेन्मेन्ट ईन्टरनेसनल प्रालीले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमका लागि धनगढी स्थित कलेजहरु लगायत धनगढी स्थित मेरो शृङगार मोर्डन फेसनको पनि सहकार्य रहने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको