Logo
13 Feb 2026    १ फाल्गुन २०८२, शुक्रबार

ताजा खबर

मतपत्र छपाइ आइतबारसम्म सकिने सुन तोलामा ३ हजार घट्यो, चाँदी पनि ओरालो प्रधानमन्त्री सुशीला कार्की ताप्लेजुङमा मनास्लु वर्ल्ड कलेजको राष्ट्रिय स्तरको झल्को दिने भव्य कार्यक्रम: पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान पूर्वराजा आज काठमाडौं फर्कदैं, विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा बीएनपीको ऐतिहासिक पुनरागमन: तारिक रहमान प्रधानमन्त्री बन्ने निश्चित, बंगलादेशको राजनीतिमा नयाँ मोड

“मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१८” को उपाधी भावना चौधरी र जितेन्द्रले हात पारे

admin

सात नम्बर प्रदेशको राजधानी धनगढीमा सम्पन्न“मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्ट २०१८” को उपाधी भावना चौधरी र जितेन्द्र चौधरीले हात पारेका छन् । त्यस्तै फस्ट रनरअफमा क्रमश जोत्सेना शाह,राजन सिजापती र सेकेन्ड रनरअफमा क्रमश अर्चना चौधरी र अस्मीत कुश्मीले बिजयी भएका छन् ।

बिजेताले जुन सुकै संकायमा पुर्ण छात्रबृती पाउनेछन र सो छात्रबृती काठमाडौं स्थित कलेज पेन्टागन ईन्टरनेश्नलले प्रदान गर्नेछ । त्यसका साथमा काठ्माडौ कै कलेज वोरिन्ट कलेजले पनि अधिकतम ४ लाख सम्म को छात्रबृती प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्लानेट ईन्टरटेनमेन्ट ईन्टरनेशनले आयोजना गरेको मिस्टर एण्ड मिस एसईई आइकन फारवेष्टमा सात नम्बर प्रदेशका एसईई दिएर बसेका भाईबहिनीहरुको सहभागिता रहेको थियो । निर्णायकमा क्रमश रेडियो धनगढीका स्टेशन म्यानेजर हरि जोशी,हरिष सिन्हा र रत्ना बिष्ट रहेका थिए ।

बिगत लामो समय देखी मनोरञ्जन क्षेत्रमा देश भर बिभिन्न कार्यक्रमहरुको सफल आयोजना गरिसकेको प्लानेट इन्टरटेन्मेन्ट ईन्टरनेसनल प्रालीले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमका लागि धनगढी स्थित कलेजहरु लगायत धनगढी स्थित मेरो शृङगार मोर्डन फेसनको पनि सहकार्य रहने छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको