Logo
07 Dec 2025    २२ मंसिर २०८२, आईतवार

ताजा खबर

सुभाष तिमसिनाको नयाँ गीत ‘बानी परेछ तिम्रो’ सार्वजनिक(भिडियो) प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच सिंहदरबारमा भेट मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहण पोखरा विमानस्थलमा भ्रष्टाचारः डा. महत लगायत ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर लग्जरी इभेन्टद्वारा दशैं–तिहार अनलाइन नृत्य प्रतियोगिता सम्पन्न नारायण थापा र मेलिनाको स्वरमा ‘लोकन्ती’को रोमान्टिक गीत ‘लाजै नमानी’ सार्वजनिक

मिस हेरिटेज क्वीन नेपाल २०१८ को दोश्रो संस्करण भदौ २२ गते होटल अन्नपूर्णमा

admin

सफल ईभेन्ट आयोजकको रुपमा चर्चा कमाएको युथ क्रियसनले भदौ २२ गते होटल अन्नपूर्णमा मिस हेरिटेज क्वीन नेपाल २०१८ को दोश्रो संस्करणको आयोजना गर्ने भएको छ ।

बुधबार दरवारमार्गस्थित जुजुवा लण्ज एण्ड वारमा मा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष रवि लामाले उक्त कुराको जानकारी गराएका हुन् । प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको सौन्दर्य प्रतियोगिताको माध्यमबाट संरक्षण प्रर्बद्धन गर्ने उद्देश्य अनुरुप यस कार्यक्रमको आयोजना गरिएको जानकारी पत्रकार सम्मेलनमा जानकारी गर महत्वलाई सौन्दर्य प्रतियोगिताबाट चिनारी देखाईने आयोजकले जनाए । अडिसनबाट छनौट भएका सहभागीहरुलाई विभिन्न किसिमका तालिम गराई भदौ २२ गते होटल अन्नपूर्ण दरबारमार्ग, प्रतियोगिताको ग्राण्ड फिनाल हुनेछ । उक्त कार्यक्रममा विजेतालाई स्कुटर, क्राउन र गिप्ट ह्याम्पर, फस्ट रनरअपलाई क्राउन, नगद र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपलाई क्राउन, नगद र गिप्ट ह्याम्पर र १५ विधाका टाइटल पुरस्कार दिने आयोजक संस्थाका अध्यक्ष रवि लामाले बताए ।
प्राकृतिक, साँस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारी रुपमा समाजमा प्रस्तुत गर्न युथ क्रिएशन नेपालले प्रत्येक वर्ष मिस हेरिटेज क्वीन कार्यक्रमको आयोजना गर्दै आईरहेको आयोजक सदस्य तथा नायिका एन्जिला वाइबा तामाङ्ग मोडल शिल्पा तामाङ्गले बताए ।

सोही कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य बरिष्ठ अभिनेता उत्तम केसीले सगरमाथा आरोही काभ्रेकी लक्मी तामाङलाई सम्मान गर्नु भएको थियो । भने युथ क्रियसने भ्यालेन्टाईनको अवसरमा सम्पन्न गरेको फेशन शोमा सहभागी मोडलहरुलाई प्रमाण पत्र प्रदान समेत गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको